# भर्खरै
Namaste Icon
Ad

कांग्रेसलाई बलियो बनाउन युवा विद्यार्थीले अझैं सहयोग गरौं : नेता पाण्डे

कांग्रेसलाई बलियो बनाउन युवा विद्यार्थीले अझैं सहयोग गरौं : नेता पाण्डे

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदश्य सुमन पाण्डेले नेपाली कांग्रेसलाई ठुलो बनाउन युवा विद्यार्थीले अझै भुमिका खेल्नु पर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ शङ्करदेब क्याम्पस समितिद्वारा आयोजित अगामी निर्वाचनमा भातृ सस्थाको भुमिका विषयक अन्तरक्रिया तथा पुरस्कार कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । उनले नेविसंघबाट पार्टीलाई जति साथ र सहयोगको अपेक्षा गरेको भन्दा दोब्बर सहयोग गरेर पार्टीलाई ठुलो दल बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रमको प्रमुख अथितिमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, बिशिष्ट अथिति नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता नैनसिंह महर र नेविसघका पूर्व सह महामन्त्री प्रेमराज जोशी, पूर्व केन्द्रीय सदस्य प्रेम शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ । बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो ।

यस्ताे छ, रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस