# भर्खरै
Namaste Icon
Ad

चिङ्गाड गाँउपालिकाको बजेट ३९ करोड ३८ लाख ९६ हजार

चिङ्गाड गाँउपालिकाको बजेट ३९ करोड ३८ लाख ९६ हजार

खगेन्द्र हमाल, सुर्खेत । चिङ्गाड गाँउपालिकाले ३९ करोड ३८ लाख ९६ हजार ८ सय ४० रुपैयाँको बजेट सार्वजनिक गरेको । आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम तथा बजेट गाउँपालिका अध्यक्ष बोधबिक्रम जिसीले गाउँसभामा पेश गरेका हुन् । बाह्रौँ गाउँ सभामा पेश भएको बजेटमार्फत साविका ६ वटै वडामा ४० लाखका दरले बजेट दिने प्रस्ताव पेश भएको छ । चालु खर्च तर्फ २८ लाख ७६ हजार ७९ हजार रहेको बताइएको छ ।

सो अवसरमा अध्यक्ष जिसीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अभिमतबाट हाम्रो काँधमा समृद्ध चिङ्गाड बनाउने अभिभाराप्राप्त भएको बताए । आम जनताका अपेक्षाहरुलाई प्राथमिकतामा राखी उपलब्ध श्रोत र साधनहरुलाई अधिकतम सदुपयोग गर्ने लक्ष्य यो नीति तथा कार्यक्रमले अंगिकार गरेको उनले बताए । उनले भने, 'संघीय सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरुमा चिङ्गाड गाउँपालिका क्षेत्रको समग्रविकाससँग सम्वन्धित रहेर उल्लेखित भएका नीति तथा कार्यक्रम यो गाउँ सभाको नीति तथा कार्यक्रमको अभिन्न अंगको रुपमा लिईएको छ ।'

वार्षिक निती तथा कार्यक्रमका मुख्य नीतिहरु :

o "चिङ्गाडको समृद्धि, उत्पादन र उत्पादकत्व वृद्धि" भन्ने अभिष्ठका साथ चिङ्गाडलाई आत्मनिर्भर बनाउन छिटो र उच्च प्रतिफलयुक्त तथा बहुआयामिक उत्पादनका कार्यक्रमहरु संचालन गरिनेछ ।

● “भोलिको हर्ष, समृद्धिको आधार वर्ष" भन्ने मुल ध्येयका साथ चिङ्गाड क्षेत्रको पहिचान र दिगो विकाससँग जोडिएकाबहुपक्षिय विकासका आयोजनाहरुलाई चिङ्गाड गौरबका आयोजनाका रुपमा घोषणा गरि प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

० आफ्नो स्रोत साधनले सम्पन्न गर्न नसकिने प्राथमिकता प्राप्त आयोजनाहरुको संचालनका लागि संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र दातृ निकायहरुसँग साझेदारी गर्नका लागि समपूरक कोषमा बजेट विनियोजन गरिनेछ ।

● समाजमा व्याप्त कुलत, दुर्व्यसन, विकृती तथा विसँगतिमा फसेका युवाहरुलाई रचनात्मक एवं सिर्जनात्मक कार्यमा अभिप्रेरित गर्नका लागि चिङ्गाड युवा कार्यक्रम संचालन गरिनेछ ।

● उत्पादनशील तथा रोजगारीमूलक क्षेत्रमा स्रोत, साधन र लगानी केन्द्रित गरि फजुल तथा अनुत्पादक खर्च रोकी वित्तीय सुशासन कायम गरिनेछ ।

● गाउँपालिका भित्रका ६० वर्ष माथिका एकल पुरुषलाई मासिक एकल पुरुष भत्ता दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

० गाउँपालिका भित्रका सबै नागरिकहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईसरुवा रोग तथा महामारी रोगहरुको जोखिम न्यूनिकरण गर्न गाउँपालिका भित्रका सबै नागरिकहरुमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गर्नुका साथै सार्वजनिक बिदाको दिनमा समेत स्वास्थ्य संस्थाहरु संचालन गर्ने प्रबन्ध मिलाइनेछ ।

● कोभिडको महामारी तथा अन्य कारणले वैदेशिक रोजगारी गुमाई आफ्नो गाउँ फर्किएका नागरिकहरुलाई "हामी बनाउँछौं हाम्रो गाउँ" अभियान संचालन गर्न श्रम उपयोग हुने उच्च प्रतिफल युक्त उत्पादनमुखि रोजगार तथा स्वरोजगारका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने व्यवस्था गरिनेछ

● संघीय सरकार, प्रदेश सरकार र अन्तर स्थानीय तह बीचको सहयोग, समन्वय, सहकार्य र संवाद गर्नुपर्ने विषयलाई निरन्तरता दिईनेछ ।

o "घर घरमा, अर्गानिक कृषिफर्म" अभियान संचालन गरि कृषिमा व्यवसायीकरण, विविधिकरण र यान्त्रीकिकरण मार्फत उच्च मुल्य तथा उत्पादकत्व भएका अन्नबाली, तरकारी, पशुपंक्षी, फलफुल, मत्स्य रमसलाजन्य उत्पादन र उत्पादकत्व बृद्धि गर्न जोन तथा पकेट निर्माण गरेर उत्पादन बृद्धि गर्न दिगो सिचाई, मल, विउ तथा विषादिको सहज उपलब्धता, बालीसंरक्षण, व्यवसायीकरण, प्रशोधन, भण्डारण एवं बजारीकरणका लागि विशेष अनुदानका कार्यक्रमहरु कार्यान्वयनगरिबाँझो जमिन रहित पालिका बनाइनेछ ।

● पालिका भित्रका सवै कृषक घरधुरीहरुलाई अनिवार्य कृषक समुहमा आवद्ध गराइनेछ ।

● कृषकहरुलाई जडीबुटी पहिचान तथा खेतीमा आकर्षित गरी आम नागरिकहरुलाई आर्युवेदिक आरोग्य सेवा मार्फत योग साधना तथा ध्यान गर्न विशेष पहल गरिनेछ ।

● हरेक नागरिकमा शुद्ध पिउने पानीको पहुँच बढाउन स्रोत पहिचान तथा मुहान संरक्षण गरि संचालनमा रहेका खानेपानी आयोजनाहरुको नियमित मर्मतसंभार रआवश्यक्ताका आधारमा नयाँ खानेपानी आयोजना संचालन गरि प्रत्येक घर, सार्वजनिक निकाय र सार्वजनिक स्थलमा मिटर सहितको धारा जडान गरिनेछ । ● गुणस्तरिय शिक्षा र स्वास्थ्यमा आम नागरिकको सहज पहुँच स्थापित गरिनेछ ।

● गाउँपालिका भित्रका ६० वर्ष माथिका एकल पुरुषलाई मासिक एकल पुरुष भत्ता दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

० गाउँपालिका भित्रका सबै नागरिकहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईसरुवा रोग तथा महामारी रोगहरुको जोखिम न्यूनिकरण गर्न गाउँपालिका भित्रका सबै नागरिकहरुमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गर्नुका साथै सार्वजनिक बिदाको दिनमा समेत स्वास्थ्य संस्थाहरु संचालन गर्ने प्रबन्ध मिलाइनेछ ।

● कोभिडको महामारी तथा अन्य कारणले वैदेशिक रोजगारी गुमाई आफ्नो गाउँ फर्किएका नागरिकहरुलाई "हामी बनाउँछौं हाम्रो गाउँ" अभियान संचालन गर्न श्रम उपयोग हुने उच्च प्रतिफल युक्त उत्पादनमुखि रोजगार तथा स्वरोजगारका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने व्यवस्था गरिनेछ ।

● संघीय सरकार, प्रदेश सरकार र अन्तर स्थानीय तह बीचको सहयोग, समन्वय, सहकार्य र संवाद गर्नुपर्ने विषयलाई निरन्तरता दिईनेछ ।

o "घर घरमा, अर्गानिक कृषिफर्म" अभियान संचालन गरि कृषिमा व्यवसायीकरण, विविधिकरण र यान्त्रीकिकरण मार्फत उच्च मुल्य तथा उत्पादकत्व भएका अन्नबाली, तरकारी, पशुपंक्षी, फलफुल, मत्स्य रमसलाजन्य उत्पादन र उत्पादकत्व बृद्धि गर्न जोन तथा पकेट निर्माण गरेर उत्पादन बृद्धि गर्न दिगो सिचाई, मल, विउ तथा विषादिको सहज उपलब्धता, बालीसंरक्षण, व्यवसायीकरण, प्रशोधन, भण्डारण एवं बजारीकरणका लागि विशेष अनुदानका कार्यक्रमहरु कार्यान्वयनगरिबाँझो जमिन रहित पालिका बनाइनेछ ।

● पालिका भित्रका सवै कृषक घरधुरीहरुलाई अनिवार्य कृषक समुहमा आवद्ध गराइनेछ ।

● कृषकहरुलाई जडीबुटी पहिचान तथा खेतीमा आकर्षित गरी आम नागरिकहरुलाई आर्युवेदिक आरोग्य सेवा मार्फत योग साधना तथा ध्यान गर्न विशेष पहल गरिनेछ ।

● हरेक नागरिकमा शुद्ध पिउने पानीको पहुँच बढाउन स्रोत पहिचान तथा मुहान संरक्षण गरि संचालनमा रहेका खानेपानी आयोजनाहरुको नियमित मर्मतसंभार रआवश्यक्ताका आधारमा नयाँ खानेपानी आयोजना संचालन गरि प्रत्येक घर, सार्वजनिक निकाय र सार्वजनिक स्थलमा मिटर सहितको धारा जडान गरिनेछ ।

● गुणस्तरिय शिक्षा र स्वास्थ्यमा आम नागरिकको सहज पहुँच स्थापित गरिनेछ ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad