# भर्खरै
Namaste Icon
Ad

संघको निर्वाचनमा देशलाई माया गर्नेहरु अब राजनीतिमा आउनुपर्छ

संघको निर्वाचनमा देशलाई माया गर्नेहरु अब राजनीतिमा आउनुपर्छ
रमा वली

हामी नेपाली यति फुर्सदिला छौं कि हामीलाई राजनीति भन्दा अन्यतर्फ कुनै पनि सोच हुदैन् । चिया पसलमा राजनीति, गाउँघर मेलापात जादा नि राजनीति, वनपाखा गाई बाख्रा चराउन जादा नि राजनीति, स्कुल कलेजहरुमा राजनीति, कार्यलयहरुमा राजनीति, बस्दा राजनीति, उठ्दा राजनीति अनि मर्दाको मलामि र जन्तिसम्म राजनीतिकै चर्चा परिचर्चा हुन्छ हाम्रो नेपाली समाजमा ।

राजनीतिले यसरि हाम्रो समाजलाई थिचेको छ कि राजनीति बाहेक हाम्रो समाजले अन्य केहि सोच्न बाध्य हुदैन् । अन्य केहि सिक्न बाध्य हुदैन किनभने राजनीतिक नेतृत्वले हाम्रो समाजलाई राजनीति गर्नुपर्छ भन्ने एउटा गहिरो छाप छोडेको छ । जसका कारण हाम्रो समाज परिवर्तनको बाटो तर्फ जाने सोच बनाउदैन् ।

हाम्रो नेपाली समाजमा जहिले नि कुरा गर्दा फेरी उही राजनीति कै कुरा गर्नुपर्ने परिस्थिति देशमा सिर्जना भएको छ । पुराना दलहरूबाट हैरान भएका नेपाली जनताले युवाहरूलाई विषेश तरीकाले हेर्नु परेको छ । कांग्रेसले मात्रै पाँच पटक यो देशको नेतृत्व गर्यो तर तपाईका हाम्रा समस्या भने जस्ताको त्यस्तै छन् ।

राजनीतिमा युवाहरू आए भन्दा पनि युवाहरू कता गए भन्ने कुरालाई अक्सर मेरो बिचारमा महत्वपूर्ण ठान्छु । को सँग कति मनमुटाव छ, त्यो बिर्सिएर आफु भन्दा देशलाई माथि राखेर एकजुट हुनुपर्छ । अहिलेको देशको राजनीति परिवेशमा । ज्ञानेन्द्र शाहीको बाटो फरक छ । ज्वाला संग्रौलाले पनि समाजमा योगदान दिएर राजनीतिमा टेक्नुभएको छ । प्रेम सञ्जेल देशको राष्ट्रसेवक कर्मचारी अहिले कता हुनुहुन्छ ?

रवीन्द्र मिश्रको राजनीति जीवन सकियो भन्छन् सकिएको छैन् । उहाँ कता हुनुहुन्छ ? काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ लगायतले जनताको मन जित्नुभएको छ । सूर्यराज आचार्यलाई टेलिभिजनमा नदेख्ने कोही छैन् । उहाँ राजनीतिक विश्लेषक हुनुहुन्छ । हेमराज थापा पनि बौद्धिक व्यक्ति हुनुहुन्छ । डा. सुरेन्द्र केसीले दिएका राष्ट्रवाद आवाजहरु सर्वाधिक लोकप्रिय छन् । रबि लामिछाने दाई लाई विश्वास नगर्ने नेपाली घर भेटिदैन् । त्यस्तै गरि निगम हुमागाँई आदि थुप्रै ब्यक्तिहरू हुनुहुन्छ । यदि उहाँहरू निःस्वार्थ राजनीतिक गर्दै हुनुहुन्छ भने किन फरक फरक बाटोको राजनीति तर्फ जादैहुन्छ ? सोचनिय कुरा छ ।

यो देशलाई माया गर्ने तपाईहरू सबै देशलाई विकसित बनाउने र यो देशका युवाहरूलाई यहि देशमा रोजगारी सिर्जना गरि नेपाललाई विश्वका विकसित देशको हैसियतमा लैजाने हो, भने तपाईहरू एकै ठाउँबाट अगाडि बड्नुहोस यो मेरो ब्यक्तिगत सुझाव हो । एकएक थोपाले महासागर बन्छ । संघीय निर्वाचन नजिक आउदैछ । तपाईहरू अलग अलग पार्टीबाट उठ्नु होला । तर जनताको भोट बाँडिन पुग्छ अनि पुरानै एमाले काँग्रेस माओवादी पार्टीहरूले नै जित्ने सम्भावना हुन्छ ।

यसो भयो भने तपाईहरूको समय र जनताको अमूल्य भोट सँगै देश बर्बाद हुन्छ । त्यसकारण तपाईहरूको राजनीति आफुलाई बनाउने नभई देश बनाउने नै हो भने तपाईहरू कहाँ हुनुहुन्छ ? एकपटक सोच्नुहोस तपाईँहरू एकपटक भेटघाट गरि यस विषयमा छलफल गर्नुहोस यो संघीय निर्वाचनमा एक ठाउँबाट उठ्नुस । जनताको भोट लिएर सत्तामा जानुहोस देश बनाउनुहोस मेरो तपाई सबै राष्ट्रप्रेमिहरुलाई अनुरोध छ ।

(वली सामाजिक अभियन्ता हुन् ।)

सम्बन्धित समाचारहरु

कृषि, वन र पर्या पर्यटन

कृषि, वन र पर्या पर्यटन

नेपाललाई सबैभन्दा कम लगानीमा सबैभन्दा बढी आर्थिक आम्दानी गर्न सक्ने सामार्थवन बनाउने क्षेत्र नै कृषि, वन र पर्य पर्यटन हाे । यसका लागि सिरिफ साेचपरिकल्पना, लगनशीलता अनि हुटहुटी मात्रै आवश्यक छ । यसमा भाैतिक पुर्बधार, जलविद्युत जस्ताे ठुलाे लगानी हुदैन । तर धेरै मात्रामा दिमाग भने लगाईरहन पर्दछ ।

सरकारले अलमल गर्दा स्वास्थ्य बीमाको भविष्य माथि नै प्रश्न उठ्न थाल्याे

डा. डिला संग्रौला पन्त । स्वास्थ्य बीमा कार्यक्रम वापत सरकारले दिनु पर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचनाहरु प्रकाशित गरिरहेका छन्। यो अत्यन्तै गम्भीर अवस्था हो र यो समस्याको तत्काल समाधान गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस