# भर्खरै
Namaste Icon
Ad

धरान उपमहानगरले ल्यायो १ अर्ब ६८ करोडको बजेट

धरान उपमहानगरले ल्यायो १ अर्ब ६८ करोडको बजेट

धरान । धरान उपमहानगर पालिकाले १ अर्ब ६८ करोड रुपैयाँको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालूतर्फ ८३ करोड, पुँजीगततर्फ ८१ करोड ९५ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख रुपैयाँ छुट्याएको छ ।

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व स्रोतबाट २५ करोड, संस्थागत आन्तरिक अनुदान ५ करोड, संघिय सरकारबाट अनुदानबाट ८३ करोड, प्रदेश सरकारबाट ३ करोड ५० लाख, संघिय सरकारबाट राजस्व बाँडफाँट २० करोड, प्रदेश राजस्व बाँडफाँटबाट २० करोड र अपुग ११ करोड नगद मौज्दातबाट व्यवस्थापन हुने उल्लेख गरेको छ ।

धरान उपमहानगरपालिकाले वडागत बजेट ३१ करोड ५० लाख, शहरी योजनाकोलागि ३९ करोड, शिक्षा तथा खेलकुद २ करोड ५० लाख, स्वास्थ्यतर्फ ४ करोड, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख, आर्थिक विकासतर्फ २ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चार २५ लाख, साहित्यतर्फ ४५ लाख बजेट विनियोजन गरेको छ ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस