# भर्खरै
Namaste Icon
Ad

नेपाल भौतिक विज्ञान समाज लुम्बिनीमा अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन

नेपाल भौतिक विज्ञान समाज लुम्बिनीमा अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन

वुटवल । नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे, कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरू मा क्रमशः सन्तोष कुमार केसी, अनिष चौधरी, धर्मबन्धु पौडेल,नरेश आचार्य, शान्ता शर्मा र शिशिर अधिकारी रहेका छन् ।

अधिवेशन तथा साधारणसभाको उदघाटन समारोहमा नेपाल भौतिक विज्ञान समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. निलम श्रेष्ठको प्रमुख आतिथ्यता, नेपाल भौतिक विज्ञान समाजका निवर्तमान अध्यक्ष प्रा.डा.नारायणप्रसाद चापागाईं र वुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको विशिष्ट आतिथ्यता र नेपाल भौतिक विज्ञान समाजका निर्वतमान र वर्तमान सचिव क्रमश: डा.गोपि चन्द्र काफ्ले र डा.हरिशंकर मल्लिक को आतिथ्यता तथा लुम्बिनी प्रदेश भित्र रहेका भौतिक शास्त्रिहरुको उपस्थिति रहेको थियो ।

उदघाटन समारोह नेपाल भौतिक विज्ञान समाज, लुम्बिनी प्रदेशका अध्यक्ष प्रा.डा. अनन्त पन्थीको सभापतित्व, उपाध्यक्ष डन.वेदराज केसीको स्वागत मन्तव्य र सचिव लक्ष्मीनाथ भट्टराईको संचालनमा समापन भएको थियो ।

सम्बन्धित समाचारहरु

स्वास्थ्य चौकीबाट वर्खास्त गरिएकी विमलाको घरमा पुग्न थाले बिरामी

ललितपुर । व्यक्तिगत तथा राजनीतिक इगोकाे आधारमा बाग्मती गाउँपालिकाद्वारा आश्राङमा अवस्थित स्वास्थ्य चौकीको सेवाबाट वर्खास्त गरिएकी विमला कार्कीको घरमै बिरामी हारगुहार गर्दै पुग्न थालेका छन् । शुक्रबार गाउँको घरमै सुत्केरी भएर सालनाल खस्न नसकी प्रसव पीडामा परेकी सविना सिँगारलाई स्ट्रेचरमा बोकेर आश्राङ स्वास्थ्य चौकी लगियो तर अपमानपूर्वक ढंगले स्वास्थ्य चौकीको सेवाबाट हटाईएकी वर्थिङ अनमी विमला कार्की सेवामा नभएको र स्वास्थ्य चौकी इन्चार्ज गीतादेवी दाहाल पनि अस्वस्थ भएर काममा जान नसकेपछी सविनाको उपचार हुन सकेन । हेल्थ पोष्टकी इन्चार्ज गितादेवि दाहाल आफू कोरोना लागेको कारण हेल्थ पोष्टमा काम गर्न नगएको बताइन् । उनले फोनमा भनिन्, ‘मलाई धेरै गाह्रो छ । हेल्थपोष्टका बारेमा केही थाहा छैन ।’

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ । बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै अखिलले शिक्षा ऐन जारी गर्न माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस