# भर्खरै
Namaste Icon
Ad

दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला

दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला

काठमाडाैं । लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

१०ः ४५ बजेको समयमा कोठामा खाटमै सुतेको अवस्थामा उनलाई मृत भेटिएको हो । गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । स्टाटस लेखेको भोलिपल्ट उनी मृत अवस्थामा भेटिएकी हुन् ।

घटनाबारे अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । केही गीतहरूमा स्वर दिएकी दिलमाया विशेष त लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरुले गायिका दिलमायाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad