# भर्खरै
Namaste Icon
Ad

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी देखिएका छन् । योसँगै हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटमा हैजा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्ले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखापर्नु हैजा महामारीकै रूपमा फैलनसक्ने पूर्वसंकेत भएको चेतावनी दिएका छन् ।

पाटनमा भेटिएका बिरामीमा गरिएको आरडिटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । तर, कल्चर रिपोर्ट भने आउन बाँकी छ । नैकापमा भेटिएका बिरामीको भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ । लामो समयसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन नहुँदा यस्तो समस्या आएको अनुमान गरिएको छ । वर्षाको समयमा उपत्यकाको फोहोर सडक छेउछाउ थुप्रँदा त्यसले पिउने पानीलाई प्रदुषित बनाएको अनुमान छ ।

यसैबीच, ललितपुर महानगरपालिकाले आइतबारदेखि नगरक्षेत्रभित्र पानीपुरी विक्री वितरण गर्न रोक लगाएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो ।

पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी पनि दिएको थियो । नगर प्रहरी प्रमुख सीताराम हाथेछुले पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुनसक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको बताए ।

सम्बन्धित समाचारहरु

स्वास्थ्य चौकीबाट वर्खास्त गरिएकी विमलाको घरमा पुग्न थाले बिरामी

ललितपुर । व्यक्तिगत तथा राजनीतिक इगोकाे आधारमा बाग्मती गाउँपालिकाद्वारा आश्राङमा अवस्थित स्वास्थ्य चौकीको सेवाबाट वर्खास्त गरिएकी विमला कार्कीको घरमै बिरामी हारगुहार गर्दै पुग्न थालेका छन् । शुक्रबार गाउँको घरमै सुत्केरी भएर सालनाल खस्न नसकी प्रसव पीडामा परेकी सविना सिँगारलाई स्ट्रेचरमा बोकेर आश्राङ स्वास्थ्य चौकी लगियो तर अपमानपूर्वक ढंगले स्वास्थ्य चौकीको सेवाबाट हटाईएकी वर्थिङ अनमी विमला कार्की सेवामा नभएको र स्वास्थ्य चौकी इन्चार्ज गीतादेवी दाहाल पनि अस्वस्थ भएर काममा जान नसकेपछी सविनाको उपचार हुन सकेन । हेल्थ पोष्टकी इन्चार्ज गितादेवि दाहाल आफू कोरोना लागेको कारण हेल्थ पोष्टमा काम गर्न नगएको बताइन् । उनले फोनमा भनिन्, ‘मलाई धेरै गाह्रो छ । हेल्थपोष्टका बारेमा केही थाहा छैन ।’

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ । बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै अखिलले शिक्षा ऐन जारी गर्न माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस