# भर्खरै
Namaste Icon
Ad

पाठ्यपुस्तकको समयमै व्यवस्था गर्न युवा नेता थोकरको माग

पाठ्यपुस्तकको समयमै व्यवस्था गर्न युवा नेता थोकरको माग

काभ्रे । नेपाली कांग्रेस काभ्रेका युवा नेता तथा बाग्मती प्रदेश प्रतिनिधि प्रेमबहादुर थोकरले पाठ्यपुस्तकको व्यवस्थापन गर्न माग गरेका छन् । नेविसंघ काभ्रेका सह सचिव समेत रहेका थोकरले पाठ्यपुस्तकको अभावमा देशका ८० लाख विद्यार्थी पढ्न पाउने अधिकारबाट वञ्चित भएको बताए ।

सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहका ८० लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योल भएको उनले बताए । शैक्षिक सत्र सुरु भएको एक महिना १३ दिन पुगे पनि सामुदायिक विद्यालयमा पढ्ने ७५ प्रतिशत विद्यार्थीले पुस्तक अभावका कारण समस्या भोग्नुपरेको उनले उल्लेख गरे ।

पाठ्यपुस्तकको समस्या विगतका वर्षहरु देखि नै रहेको बताउदै उनलेसरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले विद्यार्थीको त्रैमासिक परीक्षा आउन लागेको बताउँदै विद्यार्थीले कहिले पुस्तक पढ्न पाउँछन् भन्दै प्रश्न समेत गरेका छन् ।

जनक शिक्षा सामग्रीले कक्षा ४ भन्दा माथिको पाठ्यपुस्तक छाप्ने भएकाले विद्यालय र विद्यार्थीको हातमा पुग्न नसकेको उनको भनाइ छ । नेता थोकरले शिक्षा जस्तो संवेदनशील विषयमा सरकारले वेखबर हुन नहुनेमा जोड दिए ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस