# भर्खरै
Namaste Icon
Ad

बाबुरामसहितका नेतालाई कारवाही र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने जसपाको निर्णय

बाबुरामसहितका नेतालाई कारवाही र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने जसपाको निर्णय

काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टीले पार्टी विभाजन हुने गरि गतिविधी गरेको भन्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेतालाई कारवाही गर्ने भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा २० जना कार्यकारिणी सदस्यको उपस्थिति थियो । जसपामा हाल ३३ जनाकको कार्यकारिणी समिति छ ।

सोमबार सोमबार राति बसेको बैठकमा डा. बाबुराम भट्टराई, महेन्द्रराय यादव, गंगानारायण श्रेष्ठलगायतका नेताहरु लाई कारवाही गर्ने विषयमा चर्चा भएको एक केन्द्रीय सदश्यले बताए । उनले भने, ‘नाम नै तोकेर नभनौं तर कारवाही हुन्छ ।’ पार्टीमा अराजक गतिविधि गर्ने, पार्टी mुटाउन हस्ताक्षर अभियान चलाउने जस्ता गतिविधि गर्नेहरुलाई विधान बमोजिम कारवाही गरिने उनले बताए । त्यसैगरी बैठकले असारभित्रै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको बैठकले सरकारमा रहेका चारजना मन्त्रीमध्ये कसलाई फिर्ता बोलाउने भन्ने खुलेको छैन् । फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई नै दिइएको केन्द्रीय सदश्य पूर्ण बस्नेतले बताए ।

जसपाबाट सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यादव र कृषिमन्त्री महिन्द्र राय यादव रहेका छन् ।

सम्बन्धित समाचारहरु

११ सयभन्दा बढी मानिसले राेजगारी गर्ने हेटौंडा कपडा उद्योग बन्द गर्नेको हिसाब खोज्नुपर्छ: रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस