# भर्खरै
Namaste Icon
Ad

एमाले कैलालीका अध्यक्ष रतन थापाकाे जिम्मेवारी खाेसियाे

एमाले कैलालीका अध्यक्ष रतन थापाकाे जिम्मेवारी खाेसियाे

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ । अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस