# भर्खरै
Namaste Icon
Ad

बामदेवको पार्टी बहुपदीय पद्धतिमा जाने, १२ पदाधिकारी, ७ उपाध्यक्ष

बामदेवको पार्टी बहुपदीय पद्धतिमा जाने, १२ पदाधिकारी,  ७ उपाध्यक्ष

काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ । बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।

यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ । पार्टी घोषणासभामा पदाधिकारीको भने उनले घोषणा गरेनन् । यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरुसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

११ सयभन्दा बढी मानिसले राेजगारी गर्ने हेटौंडा कपडा उद्योग बन्द गर्नेको हिसाब खोज्नुपर्छ: रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस