# भर्खरै
Namaste Icon
Ad

त्रिवि कर्मचारी संघमा एमालेको प्यानलै विजयी

त्रिवि कर्मचारी संघमा एमालेको प्यानलै विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघको १२औं निर्वाचनमा एमाले निकट कर्मचारीको प्यानलै विजय भएको छ । असार १० गते नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रजातान्त्रिक-वाम लोकतान्त्रिक गठबन्धनलाई हराउँदै अध्यक्षमा एमाले निकट छत्रबहादुर कार्की विजयी भएका हुन् ।

मंगलबार राति सकिएको मतगणना अनुसार कार्कीले २४४१ मत पाए भने गठबन्धनका उम्मेदवार पूण्यप्रसाद आचार्यले १९२७ मत ल्याए । त्यस्तैगरी संघको महासचिवमा प्रगतिशील कर्मचारी समूहकी सिर्जना भोमीले २१९३ मत ल्याएर विजयी भइन् । गठबन्धनका दुर्गाप्रसाद तिमिल्सिनाले १८८४ मत प्राप्त गरेका छन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप सापकोटाले १५० मत पाए ।

एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिवसहित २५ सदस्यीय केन्द्रीय समितिमा सबैमा एमालेनिकट कर्मचारी विजयी भएका छन् । संघमा यसअघि कांग्रेस निकट कर्मचारीले सबै पदमा जितेको थियो ।

 

सम्बन्धित समाचारहरु

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

मनिष रञ्जन बराल, काठमाडाैं । पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुने भएको छ । काभ्रे जिल्लाको पनौती-३ स्थित त्रिवेणीधाम, पशुपति मन्दिर पुछारीमा ३ दिने 'पाशुपत ब्रह्मश्री विल्वार्चन महाअनुष्ठान' हुने भएको हो । श्रावण २८ गते देखि ३० गते पर्यन्त हुने यस् महाअनुष्ठान 'अनन्तश्री बिभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य' का अनन्य शिष्य 'साधक योगी श्री विश्वप्रकाश रामानुजदास' को सत्सङ्कल्पगत नेतृत्वमा हुन लागेको हो ।

आज नागपञ्चमी पर्व

आज नागपञ्चमी पर्व

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस