# भर्खरै
Namaste Icon
Ad

नबिल र नेपाल बंगलादेश बैंक मर्जरको लागि अन्तिम स्वीकृति

नबिल र नेपाल बंगलादेश बैंक मर्जरको लागि अन्तिम स्वीकृति

काठमाडौं । कर्मचारी समायोजन विवादले अल्मलिएको नबिल र नेपाल बंगलादेश बैंकले मर्जरको अन्तिम स्वीकृति पाएको छ । सुरुमा नेपाल बंगलादेश बैंकका कर्मचारीले समयोजनमा असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए भने राष्ट्र बैंकमा गुहारेका थिए ।

पछि नबिल बैंकका कर्मचारीले असन्तुष्टि जनाएपछि अन्योलमा परेको नबिल र नेपाल बंगलादेश बैंकको मर्जर अन्योलता टुंगिएको छ । आज बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नबिल र नेपाल बंगलादेश बैंकको मर्जरलाई अन्तिम स्वीकृत दिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पुष्टि गरे ।

यसअघिकै सञ्चालक समिति बैठकमा मर्जरको अन्तिम स्वीकृत दिने एजेन्डा पुगेको भए पनि कर्मचारी समायोजन विवादलाई देखाउँदै स्वीकृति रोकिएको थियो । विवादका विषयमा राष्ट्र बैंक नियमन विभाग प्रमुखसमेत रहेका प्रवक्ता भट्टले छलफल गरेर समस्या समाधान गर्ने प्रयास गरेपनि सफल नभएपछि गभर्नरले नै दुवै बैंकका सञ्चालकलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा कर्मचारी समायोजन विवाद मिलेको बताएका उनीहरुलाई राष्ट्र बैंकले लिखित रुपमा नै सहमति भएको दस्तावेज पेश गर्न निर्देशन दिएको थियो । मर्जरको अन्तिम स्वीकृत पाएसँगै नबिल बैंकको आगामी प्रमुख कार्यकारी अधिकृत पनि ज्ञानेन्द्र ढुंगाना हुने निश्चित भएको छ । यसअघि नै असार १७ गतेबाट ज्ञानेन्द्र ढुंगानाले बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने निर्णय भएको थियो ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad