# भर्खरै
Namaste Icon
Ad

कृषि नेपालीको पहिचानको पेशा हाे : तिर्थ लामा

नेपाल तरुण दल बनेपा नगर समितिकाे आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न

कृषि नेपालीको पहिचानको पेशा हाे : तिर्थ लामा

काभ्रे । नेपाल तरुण दल बनेपा नगर समितिद्वारा राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा आयोजित दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवम् संविधान सभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यमा बनेपा स्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामाले कृषि पेशा नेपालीको एकदमै गौरव र पहिचानको पेशा रहेकोे बताए । 'कृषि पेशा हामी नेपालीको गौरवको पेशा हो, यो हामी नेपालीको पहिचान हो । यसलाई देखावटी रूपमा भन्दा पनि व्यावसायिक रूपमा गर्नुपर्छ´ सभापति लामाले भने । साथै उनले काभ्रेली कृषकहरुको लागि आफुले सक्ने सहयोग गर्ने बताउँदै कृषि पेशामा लाग्न युवाहरुलाई आह्वान समेत गरे ।

नेपाल तरुण दल बनेपा नगर समितिद्वारा राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा आयोजित दही चिउरा खाने कार्यक्रम-२०७९ नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवम् संविधान सभा सदस्य तिर्थ लामा प्रमुख आतिथ्य समपन्न भएको छ । सो कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु क्षेत्रिय कार्यसमितिका नेताहरु र प्रदेश सभा क्षेत्रिय कार्यसमितिका नेताहरुको उपस्थित रहेको थियो ।

काभ्रेको सान कृषिको पहिचानको मुल नारा लिएर आधुनिक युगमा बैज्ञानिक कृषि प्रणालीलाई पहिलो प्राथमिकता दिनु पर्ने उनले बताए । काभ्रेका तमाम युवारुलाई कृषि क्षेत्रमा लगानीको स्रोत मार्फत युवाहरुलाई आफनै देशमा रोज़गारी दिने सम्भावना रहेको हुनाले सो क्षेत्रलाई सबैले पहल गर्नु पर्ने भएकाले नेपाल सरकारले पनि कृषि क्षेत्रमा बिभिन्न कार्यक्रम ल्याएको स्मरण गरे ।

काभ्रेको पाँचखाल, पनौती, भकुन्डे, बनेपाका केही ठाउँहरु र बेथानचोक लगायतका बिभिन्न ठाउँमा प्रवल सम्भावना रहेको छ । सभापति लामाले भने, 'वास्तवमा भन्ने हो भने किसानको त्यो मेहनतले आज हामी बाच्न पाएका छौं ।' नेपाली कांग्रेस किसानको पार्टी र किसानकै हितमा सधै रहने पार्टी नै नेपाली कांग्रेस रहेको उनले दावी गरे । किसानको माना राेपेर मुरी फलाउने त्यो कर्मलाई थप प्रोत्साहन गर्ने अठोट गर्दै असार १५ हामी सबै नेपालीहरुको सु:ख र दुख साँटासाट गर्ने पर्व रहेको उनले बताए ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस