# भर्खरै
Namaste Icon
Ad

मेयर आचार्यले एक्सन लिएपछि व्यवस्थित बन्दै पोखरा बसपार्क

मेयर आचार्यले एक्सन लिएपछि व्यवस्थित बन्दै पोखरा बसपार्क

काठमाडौं । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि पोखराको बसपार्क व्यवस्थित बनाउन थालिएको छ। यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ । अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको छ । पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी भन्छन्, 'लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ । तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ ।' नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धुलोमुक्त हुने उनको भनाइ छ ।

उनका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो । आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ । यसैबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धुलो र हिलोमुक्त बनाउन निर्देशन दिएका छन् । उनले दीर्घकालीन समस्या समाधानका लागि डिपीआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गरिने बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गरेका थिए । झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । उपत्यका नगरविकास समिति अहिले महानगर प्रमुखको नेतृत्वमा छ । अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । - रासस

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस