# भर्खरै
Namaste Icon
Ad

बागमतीमा मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन

बागमतीमा मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन

हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको तयारी सुरु भएको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै माओवादी र काग्रेसका सांसदले मुख्यमन्त्री परिवर्तनको तयारी थालेका हुन् । तयारी अनुसार बिहीबार दुवै दलले मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन गरेका छन् ।

आलोपालो सरकार चलाउने सहमति गरेपछि अहिले मुख्यमन्त्री पाण्डेले बाटो खोलिदिनु पर्नेमा आलटाल गरेका कारण हस्ताक्षर संकलन थालिएको एक सांसदले बताए ।

प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी रहेको ती सांसदले बताए । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए ।

नेकपा एकीकृत समाजवादीका नेता पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस