# भर्खरै
Namaste Icon
Ad

जिसस सुर्खेतका लागि उम्मेदवारले मनोनयन दर्ता गराए

जिसस सुर्खेतका लागि उम्मेदवारले मनोनयन दर्ता गराए

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको २७ गते हुने चुनावका लागि नेकपा एमाले-माओवादी गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रमुख उपप्रमुखसहित ९ वटै पदमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिएको हो ।

प्रमुखमा एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराएका हुन । यस्तै, सदस्यमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टमटोले मनोनयन उम्मेदवारी दिएका छन् । माओवादीबाट शान्ति ताराम र तुलबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad