# भर्खरै
Namaste Icon
Ad

३ दिनभित्र त्रिविको काम सञ्चालन नभए ताला फोड्ने अनेरास्ववियुकाे चेतावनी

३ दिनभित्र त्रिविको काम सञ्चालन नभए ताला फोड्ने अनेरास्ववियुकाे चेतावनी

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले लगाएको ताला ३ दिनभित्र खोल्न अल्टिमेटम दिएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नभए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएकी छन् ।

‘देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोेरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्नेछ । त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं’ अध्यक्ष बरालले विज्ञप्तिमा भनेकी छन् ।

नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले विश्वविद्यालयमा ताला लगाउनेलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएको छ ।


त्रिविलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको सरकार पाँच महिनादेखि तालाबन्दी हुँदा पनि कानमा तेल हालेर बसेको र विश्वविद्यालयलाई बन्धक बनाउन आफैं क्रियाशील भएको अनेरास्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरु

स्वास्थ्य चौकीबाट वर्खास्त गरिएकी विमलाको घरमा पुग्न थाले बिरामी

ललितपुर । व्यक्तिगत तथा राजनीतिक इगोकाे आधारमा बाग्मती गाउँपालिकाद्वारा आश्राङमा अवस्थित स्वास्थ्य चौकीको सेवाबाट वर्खास्त गरिएकी विमला कार्कीको घरमै बिरामी हारगुहार गर्दै पुग्न थालेका छन् । शुक्रबार गाउँको घरमै सुत्केरी भएर सालनाल खस्न नसकी प्रसव पीडामा परेकी सविना सिँगारलाई स्ट्रेचरमा बोकेर आश्राङ स्वास्थ्य चौकी लगियो तर अपमानपूर्वक ढंगले स्वास्थ्य चौकीको सेवाबाट हटाईएकी वर्थिङ अनमी विमला कार्की सेवामा नभएको र स्वास्थ्य चौकी इन्चार्ज गीतादेवी दाहाल पनि अस्वस्थ भएर काममा जान नसकेपछी सविनाको उपचार हुन सकेन । हेल्थ पोष्टकी इन्चार्ज गितादेवि दाहाल आफू कोरोना लागेको कारण हेल्थ पोष्टमा काम गर्न नगएको बताइन् । उनले फोनमा भनिन्, ‘मलाई धेरै गाह्रो छ । हेल्थपोष्टका बारेमा केही थाहा छैन ।’

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ । बुधबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहितको टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै अखिलले शिक्षा ऐन जारी गर्न माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस