# भर्खरै
Namaste Icon
Ad

चौधरी ग्रुपले थाल्याे विद्युतीय सवारीको व्यवसाय,  ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

चौधरी ग्रुपले थाल्याे विद्युतीय सवारीको व्यवसाय,  ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ । सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफुहरुले विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताए । ‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको सोही योजनालाई सघाउन निजि र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हौँ ।’

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै उपयोगी रहेको कम्पनीको भनाई छ ।

सीजी मोटर्सले ‘सीजी रिभोलुसन’को नारासहित न्यू इनर्र्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मुल्यको विद्युतीय सवारी नेपाली उपभोक्ताको चाहना र कम्पनीको उद्देश्य पूरा हुनेगरि ल्याएको पनि जनाएको छ । होजोनले निटा ब्रान्डका कार उत्पादन गर्दै आएको छ । सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा निटा भी कार ल्याएको हो । होजोनले २०२० मा निटा भी सार्वजनिक जनिक गरेको थियो र २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो ।
नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ ।

सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीतम सोचसहितका सवारी ल्याएको बताए । ‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभइ सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ,’ सिईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरि हामीले काम गर्दैछौं ।’ डिजेल/पेट्रोल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारीमात्र आयात गर्ने योजना बनाएको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad