राष्ट्रपति मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेकाे भन्दै भारतीय संसदमा होहल्ला

काठमाडौं । भारतको पश्चिम बंगालका कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतको संसदमा विरोध भएको छ । सत्तारुढ भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा कांग्रेसले माफी माग्नु पर्ने भन्दै संसद (लोकसभा)मा विरोध जनाएका हुन् । चौधरीको टिप्पणीलाई लिएर विजेपी सांसदले होहल्ला गरेपछि संसद बैठक नै स्थगित भएको छ ।
संघीय मन्त्री स्मृति इरानीले कांग्रेसले मुर्मूप्रति घृणा र उपहास गर्ने गरेको आरोप लगाइन् । ‘राष्ट्रपतिको उम्मेदवारका रुपमा दौपदी मुर्मूको नाम घोषित भएदेखि नै उहाँ कांग्रेसको घृणा र उपहारको शिकार बन्नुभएको छ,’ इरानीले संसदमा भनिन्, ‘कांग्रेस पार्टीले उहाँलाई कठपुतली भन्यो ।’ एक जना आदिवासी महिला देशको सर्वोच्च संवैधानिक पदमा पुगेको कांग्रेसले स्वीकार्न नसकेको उनको आरोप छ ।
चौधरीले जिब्रो चिप्लिएर राष्ट्रपत्नी शब्द उच्चारण भएको भन्दै सफाइ दिएका थिए । ‘दुई दिन अघि जब हामी विजय चोकतिर जाँदै थियौं, हामीले कहाँ जाँदै हुनुहुन्छ भनेर सोधियो, मैले राष्ट्रपति भवन जान चाहेको र राष्ट्रपतिलाई भेट्न चाहेको बताउन खोजेको थिएँ, तर गल्तीले मुखबाट राष्ट्रपत्नी शब्द निस्कियो ।’
सत्ताधारी दलले तीललाई पहाड बनाएको चौधरीको आरोप छ । उनले भने, ‘मलाई थाहा छ भारतको राष्ट्रपति जो भए पनि हाम्रा लागि राष्ट्रपति नै हो, यो शब्द (राष्ट्रपत्नी) एक पटक मुखबाट निस्कियो, सत्ताधारी दलका केहीले तीललाई पहाड बनाइरहेका छन् ।’
एजेन्सी । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । पश्चिम बंगालका पूर्वराज्यपाल जगदीपलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कूल खसेको मतमा ५ सय २८ प्राप्त गरे। उनका विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।