# भर्खरै
Namaste Icon
Ad

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असईविरुद्ध जाहेरी दर्ता

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असईविरुद्ध जाहेरी दर्ता

सुर्खेत । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असईविरुद्ध जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो । हिरासतमा रहेकी ती महिलालाई असई चौलागाईंले शुक्रबार राती बयानका लागि भन्दै आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।

शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईंविरुद्ध बलात्कार मुद्दा दिएको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए। ‘‘थुनामा राखेर अनुसन्धान भइरहेको छ’ उनले भने, ‘अनुसन्धानपछि थप प्रक्रिया चालिनेछ।’

ती महिलालाई असई चौलागाईंले मध्यरात हिरासत कक्षबाट निकालेर आफ्नो कोठामा बयानका लागि भन्दै बोलाएर बलात्कार तथा यौन दुर्व्यवहार गरेका पीडित महिलाको आरोप रहेको छ । राती महिलालाई आफ्नो कोठामा बोलाएको भन्दै अन्य हिरासतमा रहेका व्यक्तिहरूले होहल्ला गरेपछि ती महिलालाई पुनः हिरासतमा राखिएको थियो ।

सम्बन्धित समाचारहरु

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्। सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस