# भर्खरै
Namaste Icon
Ad

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाकाे आयोजनामा मैत्रीपूर्ण बनभोज कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाकाे आयोजनामा मैत्रीपूर्ण बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं । अर्घाखाँचीमा सम्पर्क मञ्च दक्षिण कोरियाले मैत्रीपूर्ण बनभोज कार्यक्रम सम्म्पन्न गरेको छ । सन २०२२ जुलाई ३० र ३१ मा मञ्चले मैत्रीपूर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको हो । उक्त्त कार्यक्रममा कोरियालाई कर्म थलो बनाउने अर्घाखाँचीवासी र अन्य जिल्लावासी समेत गरि सयौं को उपस्थिति रहेको बताइएको छ । ‘प्रवासी भुमिमा हाम्रो एकता जिल्ला वासीको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ अयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य परदेशमा रहेर काम गरिरहेका नेपालीहरु वीच अनुभति साँटासाँट गर्ने तथा एक आपसमा सम्बन्ध बलियो बनाउने रहेको संस्थाका अध्यक्ष हिमाल खनालले बताए ।

उक्त कार्यक्रम हिमाल खनालको अध्यक्षतामा माधब खनाल र बाबुराम खनालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जीवन आचार्य स्वागत मन्तवय राखेका थिए, भने कार्यक्रममा नवनिर्वाचित कर्यसमितिलाई संस्थाका संरक्षक भरत पान्डे तथा सल्लाहकारहरुले प्रमाणपत्र प्रदान गरेका थिए । त्यसैगरी अर्घाखाँचीका गौरव, तेक्वान्दोका साउथ एसियन गोल्ड मेडलिस्ट खेलाडी कमल श्रेष्ठलाई सम्मान पनि गरिएको थियो।

सम्बन्धित समाचारहरु

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

मनिष रञ्जन बराल, काठमाडाैं । पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुने भएको छ । काभ्रे जिल्लाको पनौती-३ स्थित त्रिवेणीधाम, पशुपति मन्दिर पुछारीमा ३ दिने 'पाशुपत ब्रह्मश्री विल्वार्चन महाअनुष्ठान' हुने भएको हो । श्रावण २८ गते देखि ३० गते पर्यन्त हुने यस् महाअनुष्ठान 'अनन्तश्री बिभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य' का अनन्य शिष्य 'साधक योगी श्री विश्वप्रकाश रामानुजदास' को सत्सङ्कल्पगत नेतृत्वमा हुन लागेको हो ।

आज नागपञ्चमी पर्व

आज नागपञ्चमी पर्व

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस