# भर्खरै
Namaste Icon
Ad

कपिलवस्तुमा टिप्परको ठक्करबाट अस्मिताको ज्यान गयो

कपिलवस्तुमा टिप्परको ठक्करबाट अस्मिताको ज्यान गयो
अस्मिता खनाल

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी १९ बर्षिया किशोरीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको सडकमा बिपरित दिशाबाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन्। मृुत्यु हुने अस्मिता खनाल कार्यालयको कामले फिल्डमा जाने क्रममा दुर्घटना भएको हो । अस्मिताको घर परिवार १५ बर्ष अघि अर्घाखाँचीको धारापानीबाट बसाइसराइ गरि कपिलवस्तुको नयाँ बस्तीमा बसोबास गर्दै आईरहेको छ । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लीएर थप कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस