# भर्खरै
Namaste Icon
Ad

युवासंघका केन्द्रीय सदस्यविरुद्ध रेस्लर अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

युवासंघका केन्द्रीय सदस्यविरुद्ध रेस्लर अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

काठमाडौं । काठमाडौं । ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले युवासंघका एक नेताविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । युवासंघका केन्द्रीय सदस्य हिकमत बोहराले आफूलाई दुर्व्यवहार गरेको भन्दै जुरेलीले उजुरी गरेकी हुन् ।

असार १५ मा युवासंघले आयोजना गरेको धान दिवस कार्यक्रममा ललितपुर महानगरपालिका–२२ स्थित फर्सिडोलमा हिलो खेतमा जुरेलीमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए ।

 

सम्बन्धित समाचारहरु

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्। सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस