# भर्खरै
Namaste Icon
Ad

प्रचण्डले अनावरण गरे दिवंगत छोरा प्रकाश दाहालको शालिक

प्रचण्डले अनावरण गरे दिवंगत छोरा प्रकाश दाहालको शालिक

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिवंगत छोरा प्रकाश दाहालको शालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ । ‘प्रचण्ड’ले आज बिहान शालिक अनावरण गरेका हुन् ।

सोही शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो । दाहालको शालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो ।

शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत अङ्कित छ । प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मङ्सिर ३ गते उनको निधन भएको थियो ।

सम्बन्धित समाचारहरु

११ सयभन्दा बढी मानिसले राेजगारी गर्ने हेटौंडा कपडा उद्योग बन्द गर्नेको हिसाब खोज्नुपर्छ: रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस