# भर्खरै
Namaste Icon
Ad

सम्पदा क्षेत्रको अनुगमन पछि मेयर र उपमेयरले दिए यस्तो प्रतिक्रिया

सम्पदा क्षेत्रको अनुगमन पछि मेयर र उपमेयरले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितले आज सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका छन् । उनीहरु विहान ९ बजे अनुगमनका लागि स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखु पुगेका थिए ।

‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ ।’ अनुगमनपछि प्रमुख शाहले भने, ‘पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ ।’

उपप्रमुख डंगोलले अनुगमनका विषयमा जानकारी दिँदै भनिन्, ‘अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्नेछौँ ।’

अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराएका थिए । वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने, वडाध्यक्ष डंगोलको भनाइ थियो ।

वडा २६ मा रहेको भगवान बहाल पुननिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिएका थिए । उनका अनुसार करीव ४ करोड लागतमा बहाल पुननिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । जसमध्ये १ करोड ५० लाख रुपैयाँ काठमाडौं महानगरपालिकाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि साढे ३ करोड लागतको अनुमान छ । जसमा सिंहसार्थ बाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्धार गरिनेछ ।

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख शाहले पुननिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए ।

वडा नम्बर ५ मा रहेको पञ्चेधारा तथा पार्क निर्माणको अवलोकनका क्रममा धारामा पानीको प्रवाह सम्भावना हेरिएको थियो । त्यसबेला आएका स्थानीयहरुसँग प्रमुख शाहले धाराको विगतका विषयमा र प्राविधिकहरुसँग जलप्रवाह सम्भावनाका विषयमा कुराकानी गरेका थिए ।

अनुगमनका क्रममा कार्यपालिका सदस्यहरु मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशकहरु बसन्त आचार्य, नरेन्द्र विलास बज्रचार्य, राम थापालगायत सहभागि थिए ।

 

सम्बन्धित समाचारहरु

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस