# भर्खरै
Namaste Icon
Ad

नबिल बैंकमा ज्ञानेन्द्रले सम्हाले सीईओकाे कार्यभार

नबिल बैंकमा ज्ञानेन्द्रले सम्हाले सीईओकाे कार्यभार

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढुङ्गानाले शुक्रबारदेखि नै कार्यभार सम्हालेका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको कार्यकाल सकिएपछि सोही पदमा ढुङ्गानालाई नियुक्त गरिएको हो ।

नबिल बैंकले बंगलादेश बैंकलाई गाभ्ने निर्णयसँगै ढुङ्गानालाई प्रमुख कार्यकारी अधिकृत बनाउने सहमति भएको थियो । सोही समहतिका आधारमा अहिले औपचारिक निर्णय भएको बैंक स्रोतले बताएको छ ।

ढुङगानासँग बैंकिङ क्षेत्रमा साढे २ दशकभन्दा बढी अनुभव छ । यसअघि उनी नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा दुई कार्यकाल पूरा गरी बाहिरिएका थिए । उनी नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । राष्ट्र बैंकको जागिर छोडेर उनले निजी बैंकमा जागिर सुरु गरेका थिए ।

ढुङ्गानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका छन् ।

सम्बन्धित समाचारहरु

नेपालबाट २७ देशमा कुकुर र बिरालोको खाना निर्यात, सबैभन्दा बढी अमेरिकामा

काठमाडौं । नेपालले एक वर्षमा करिब ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नार्जो सिरिजको रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनले यसका प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस