यस्ताे छ, रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो । दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न 'गोलाकारभित्र घण्टी' दिइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १८७ पुगेको छ ।
लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् । सार्वजनिक सूचीअनुसार सूचीको तेस्रो नम्बरमा डोल प्रसाद अर्याल रहेका छन् । यस्तै दीपकराज बोहरा पाँचौँ नम्बरमा रहेका छन् । २१ औँ नम्बरमा एलिजा गुरुङको नाम छ ।
सभापति : रवि लामिछाने
प्रवक्ता : डॉ. मुक्त ढकाल
सदस्यहरू
डोल प्रसाद अर्याल
कविन्द्र बलांकोटी
दीपकराज बोहरा
विपिन कुमार आचार्य
महेश्वर घिमिरे
बसुमाया तामा
उपेन्द्र पाण्डे
इथा मुल्ला मिया
गणेश पराजुली
सोविता गौतम
कुसुम महर्जन
विष्णु कुमार श्रेष्ठ
रामकृष्ण भट्टराई
डा प्रभात अधिकारी
गीता रेग्मी
एलिजा गुरु
डा. राकेश यादव
प्रमिला कलूज
रविना घिमिरे
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।