# भर्खरै
Namaste Icon
Ad

कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै कीर्तिपुर यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा शुक्रवार कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्‍यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे ।

आजै भएको खेलमा टाइम्सले मेरिलियोनलाई ८७–५१ स्कोरले हरायो । यस्तै, विशाल मिलन केन्द्र (बीएमके) ले आईएसए नेपाललाई ७७–६०को नतिजामा पराजित गर्दा रोयलले जेभियरलाई १०३–६० ले हरायो । टाइम्सका विजेश तामाङले २१, बीएमकेका दिप्सन केसीले १९ तथा रोयलका निकेश रखाल मगरले २७ स्कोर गरे ।

सम्बन्धित समाचारहरु

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडाैं । नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस