# भर्खरै
Namaste Icon
Ad

उपेन्द्र प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनेर पार्टी छाडेको थिएँ : रामप्रसाद रिजाल

उपेन्द्र प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनेर पार्टी छाडेको थिएँ : रामप्रसाद रिजाल
रामप्रसाद रिजाल

झापा । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले उपेन्द्र यादवलाई आफूले चिनेर ३ बर्ष अघि नै पार्टी छाडेको बताएका छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै नेता रिजालले उपेन्द्रको तानशाही प्रवृत्तिले गर्दा पार्टी छाडेको बताएका हुन् । उनले भने, 'उपेन्द्रको अंहकारी प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनिसकेको थिएँ, तर बाबुरामहरुले भर्खर बुझ्नु भयो ।'

नेता रिजालले डा. बाबुराम भटृराईले छोड्ने भएपछि उपेन्द्र यादवको पार्टी जातिवादी क्षेत्रीय मधेशवादी पार्टी भएको बताए । उनले भने, 'डा. बाबुराम भटृराईले बुझेर छोड्दै हुनुहुन्छ, केहि दिनमा अशोक राईले पनि छोड्नु हुन्छ । उत्पिडीत बर्गको लागि खोलिएको भए पनि जसपा उत्पिडीत बर्ग बिरोधी पार्टी हो । यो जसपा खस आर्य आदिवासी जनजाति विरोधी पार्टी हो । तर यस पार्टीमा खस आर्य हरू आदिवासी जनजाति महिला दलित समुदायहरु निरीह भएर बसिरहेका छन् । यादवले नेतृत्व गरेको पार्टी समानुपातिक समावेशी पनि छैन् ।'

संविधान संशोधन मधेसी पार्टीहरूले नै नचाहेको यो ऐजेण्डा उनीहरूको भोट माग्ने र सरकारमा जाने हत्तियार मात्र भएको नेता रिजालको आरोप छ । समग्र मधेश र मधेसीको विकास र समृद्धिको बाधक नै मधेशी दलहरू रहेको नेता रिजालले उल्लेख गरे । जसपाकाे सह-प्रवक्ता समेत रहेका नेता रिजालले तीन वर्ष अगाडि जसपा छाडेर नेकपा प्रवेश गरेका थिए भने, केहि समय अगाडि एमाले प्रवेश गरेका थिए । 

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस