# भर्खरै
Namaste Icon
Ad

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ । बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो ।

शुक्रबार सकिएको बैठकबारे जानकारी गराउँदै केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको निस्कर्ष निकालिएको बताए । त्यस्तै पार्टीको विधान अनुसार गठन गर्नुपर्ने विभागसमेत गठन गर्न नसकेको र विभागहरुमा एकलौटी रुपमा जिम्मेवारी तोकिएको उनीहरुले ठहर गरेका छन् । सरकारले आफूले गरेका वाचाअनुसार जनतालाई राहत दिन नसकेको, सुशासनसम्बन्धी गरेका राजनीतिक प्रतिबद्धता पूरा गर्न नसकेको निस्कर्ष पनि शेखर समूहले निकालेको छ ।

सम्बन्धित समाचारहरु

११ सयभन्दा बढी मानिसले राेजगारी गर्ने हेटौंडा कपडा उद्योग बन्द गर्नेको हिसाब खोज्नुपर्छ: रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

ओलीलाई भेट्न बालकोट पुगे कुन्ती शाही र रेखा थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस