# भर्खरै
Namaste Icon
Ad

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन् ।  शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन् ।

शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग पनि भेटवार्ता गरेका छन् । उनले यही मंगलबार अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडीसँग भेट गरिसकेका छन् ।  सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शर्माले दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उपसहायक सचिव लिन्डसे डब्लू फोर्डसँग पनि संवाद गरेका छन् । 


यो भेटमा नेपाल र अमेरिकाबीच सैनिक सहकार्य तथा पारस्परिक सम्बन्ध र हितबारे छलफल भएको थियो । सेनापति शर्मा शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमणमा निस्कने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस