# भर्खरै
Namaste Icon
Ad

जनयुद्धका एक योद्धा स-शरीर सालिक बन्दा मन दुखेन है कमरेड ?

जनयुद्धका एक योद्धा स-शरीर सालिक बन्दा मन दुखेन है कमरेड ?
रामप्रसाद रिजाल

रामप्रसाद रिजाल

जसले कालिकोटबाट बिद्रोहको मसाल बोकेर आफुलाई मुक्ति युद्वमा समर्पित गर्यो । असमान समाजभित्र न्यायको‌ लडाई लड्न घरपरिवारको खुसिसंगै आफ्नो कलिलो उमेरका सपनाहरु बम बारुदभित्र खरानि बनायो । दर्जनौं लडाईहरुमा शरिरका अंगहरु गुमायो, पुर्व पश्चिमका कयौं माटोहरुमा रगत चुहाउदै हिड्यो ।उसले बचाएका कयौ नेता कमाण्डरहरु शहर छिरे, तर उसलाई जनमुक्ति सेनाबाट माओवादी अयोग्य लडाकुको बिल्ला बोकाएर घर फर्काइयो ।

उसलाई युद्वमा मर्न र मार्न लगाउने कमरेडहरु राजधानीका महलहरुमा बसाई सरे तर उसले कालिकोटमा रुख उम्रेका बारिहरुमा पसिना बगाउन थाल्यो । हेर्दाहेर्दै उसकै सहयोद्धाहरुको जीवनशैली फेरियो तर युद्वमा तहसनहस बनेको उसको शरिर ओछ्यानबाट उठ्न नसक्ने बन्यो । यी सबै कुराहरु सह्यो उसले, घरमा‌ एक छाक कसरि टार्ने चिन्ता गर्ने त्यो कमाण्डरले शरिर दुख्दा सिटामोल किन्ने हैसियतसम्म राख्न सकेन् । अन्ततः कयौ लडाइको मैदानमा गोलिले छियाछिया पार्दा पनि ढल्न नसकेको प्रिय कमाण्डर हिजो बाटोमै स-शरीर शालिक बन्न पुग्यो ।

सशस्त्र द्वन्द्वका क्रममा लामो समय जनमुक्ति सेनामा बिताएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपानेको काठमाडौंमा निधन भएको खबर म जस्ता युवाहरुलाई साँच्चिकै दुख लागेको छ । उपचारका लागि उनी आफ्नी श्रीमतीसहित भैंसेपाटीमा बस्दै आएका थिए । जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा रहेको उनी लामो समयसम्म उपचार गराउँदा समेत उनलाई सन्चो हुन सकेको थिएन । सरकार पक्ष र उनी संलग्न रहेको माओवादी पार्टीबाट समेत उपचारमा सहयोग नपाइएको उनको परिवारको गुनासो छ ।

सशस्त्र द्वन्द्वका क्रममा लामो समय जनमुक्ति सेनामा बिताएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने

 

खर्चको जोहो गर्न नसक्दा उनको सडक पेटीमा नै ज्यान गएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेको केही घण्टामा नै पूर्व लडाकुले उपचार नपाएर ज्यान गुमाउनु परेको छ । यो सरासर जनतामाथिको खिल्ली हो ।

एकातिर नुवाकोटमा प्रचण्ड पुत्रको सालिक ठडिएको छ। अर्कोतिर तिलागुफा नपा ५ कालिकोटका प्रचण्ड को गौरवशाली जनयुद्धका एक योद्धा क. सेवक उर्फ नवराज न्यौपानेको ललितपुरको भैसेपाटिमा औषधि को अभावमा शरीर ढलेको छ । यसरि कयौं योद्धाहरु बाँचेर पनि मरिरहेका छन् । हिजो दिन तातो गोलि छेकेर आफूलाई बचाउने र प्रचण्डको त्यो अभियान सफल बनाउन मरिमेटेका साथीहरुको हालको दर्दनाक पीडाले नेतृत्वलाई पोल्ने निश्चित छ । त्यसकारण ढिलै भएपनि लड्दासम्म योग्य तर लडाँइ सकिएपछि अयोग्य भन्दै घर पठाइएका ती घाइते योद्धाहरु तथा आम लढाकु योद्धाको सम्मान गर्न प्रचण्ड कमरेडलाई सुझाव दिन चाहन्छु ।

(लेखक रिजाल नेकपा एमालेका युवा नेता हुन् ।)

सम्बन्धित समाचारहरु

कसैलाई अवसरमाथी अवसर कसैलाई भुईबाट उठ्न नदिने, हाम्रा नेतालाई धेरै धन्यवाद

मेनका पछाई । ठुलो उद्येश्य बोकेर लामो गतब्यको यात्रा तय गरेर राजनीतिमा १४ बर्षको स्कुले जीबनदेखी लागेको मान्छे हु, यो पटक पनी माननीय नहुदा निरास छैन ।यद्यपि नेताले समकालीन साथीहरु कसैलाई अबसरै अबसर दीदा हामीलाई देख्दैनदेख्नु दुखत हो!

बोयर बाख्रा गरिबको धन

बोयर बाख्रा गरिबको धन

ओम भण्डारी । रोजगारीकालागी विदेश पुगेका १५ जना युवाहरू समेत अहिले गाउँ फर्किएर ब्याबसायीक बोयर बाख्रा पालनगरी विदेशकै जस्तो आम्दानी गरिरहनु भएको छ । अर्घाखाची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad