त्यागी नेता घिमिरे र टीका देवीबाट केहि सिकौं

रामप्रसाद रिजाल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका ईन्चार्ज हुन् देवराज घिमिरे । २०१३ साल जेठ १३ गते जन्मिएका पुराना कम्युनिस्ट मध्येका एक हुन् । २०३५ सालमा कोडिनेशन केन्द्रको सदस्य भएका उनले २०२५ साल देखि अनेरास्ववियुबाट राजनीति शुरू गरेका थिए । नेता घिमिरे विधार्थी आन्दोलनमा पञ्चायतको विरूद्ध सक्रिय भएका नेता हुन् । उनी २०३६ साल देखि ०४२ साल सम्म पूर्ण भूमिगतसमेत बसेका थिए ।
भूमिगत अवस्था मै घिमिरे विरूद्ध पक्राउ पूर्जी जारी भएको उनी बताछन् । हालको ताप्लेजुङको सिजङ्गा गाउंपालिका स्थायी ठेगना भएका नेता घिमिरे २०२५ साल देखि २०३६ साल सम्म खुल्ला राजनीति गर्दा २०३३ देखि २०३६ ताप्लेजुङ्ग जिल्ला कमिटी सदस्य त्यसपछि तेह्रथुम आठराई संगठक पांचथर संगठक थिए ।
२०३९ साल देखि २०५० सालसम्म ईलामको सचिव (प्रमुख) २०४९ साल देखि नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए । २०४९ देखि २०५८ सम्म मेचीको ईन्चार्ज भएका घिमिरे २०५५ देखि २०६० सम्म पुर्वाञ्चलबाट राष्ट्रीय सभा सदस्य निर्वाचित भएका थिए ।
२०५८ देखि २०७५ सम्म पार्टी को केन्द्रीय विभाग हरूको प्रमुखसमेत भएका उनी २०७५ देखि २०७८ सम्म प्रदेश अध्यक्ष तथा २०७८ देखि हालसम्म १ नम्बर प्रदेश को ईन्चार्ज तथा स्थाई कमिटी सदस्य हुन् ।
अहिले सुखानी शहिद स्मृति प्रतिष्ठान नेपालको अध्यक्ष भएर शहीद स्मृति पार्कलाई हराभरा रमणीय तथा आकर्षक स्थल बनाउन योगदान दिएका उनलाई मेची ईन्चार्ज हुदा पुरै जिल्ला एमालेले जितेको थियो ।
कम्युनिस्ट राजनीतिमा लगभग ५५ बर्ष सम्म निरन्तर सक्रिय भएर होमिएका घिमिरे निक्कै सरल सादगी नेता हुन शालिन व्यक्तित्वका धनी एमालेका १ नम्बर प्रदेश का खम्बा नै हुन । घिमिरेले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान लाई पार्टी नेतृत्वले उच्च मूल्यांकन गरोस् ।
लम्जुङकी टीका देवी बस्नेतसंग उनको विवाहबन्धनमा बाँधिएका उहाँकी धर्मपत्नी टिका देवि बस्नेत घिमिरे १ नम्बर प्रदेश सदस्य तथा अनेमसंघ केन्द्रीय सदस्य हुन् । २०४२ सालदेखि लम्जुङ जिल्ला सदस्य भएकी उनले विवाह पछि ईलाममा भूमिगत जीवन विताइन । २०४६ सालको जनआन्दोलनमा बच्चा सहित जेल परेकी थिइन टिका देवी ।विवाह हुनु भन्दा अगाडी लम्जुङमा वैकको जागिरे थिइन् बहुदल आएपछि शिक्षण गर्दै राजनीतिमा सक्रिय छन् ।
यसरी देवराज घिमिरे र उनकी धर्मपत्नी दुबै जना राजनीतिमा लामो समय देखि सक्रिय भए पनि पद र कुर्सीको लागि कहिले मरिहत्ते गरेनन् । मिडियामा आउन त्यति नखोज्ने नेता घिमिरेसँग राजनीति शुरू गरेका केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनालहरू प्रधानमन्त्री भईसके तर यी सादगी नेता घिमिरे मन्त्रीसम्म बन्न कहिले मरिहत्ते गरेनन् । राजनीतिमा त्याग भन्ने कुरा पनि महत्वपूर्ण हुँदो रहेछ, त्यसकारण पद नपाउदैमा पार्टी छोड्ने प्रवृति अस्वीकार गरौं । योगदान गरेका अग्रजको पनि उचित समान गरौं ।
(लेखक रिजाल नेकपा एमालेका युवा नेता हुन् ।)
नेपाललाई सबैभन्दा कम लगानीमा सबैभन्दा बढी आर्थिक आम्दानी गर्न सक्ने सामार्थवन बनाउने क्षेत्र नै कृषि, वन र पर्य पर्यटन हाे । यसका लागि सिरिफ साेचपरिकल्पना, लगनशीलता अनि हुटहुटी मात्रै आवश्यक छ । यसमा भाैतिक पुर्बधार, जलविद्युत जस्ताे ठुलाे लगानी हुदैन । तर धेरै मात्रामा दिमाग भने लगाईरहन पर्दछ ।
डा. डिला संग्रौला पन्त । स्वास्थ्य बीमा कार्यक्रम वापत सरकारले दिनु पर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचनाहरु प्रकाशित गरिरहेका छन्। यो अत्यन्तै गम्भीर अवस्था हो र यो समस्याको तत्काल समाधान गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।