# भर्खरै
Namaste Icon
Ad

चिङ्गाडमा कहिले बल्छ बिजुली ?

चिङ्गाडमा कहिले बल्छ बिजुली ?

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा आजभन्दा ठिक तीन बर्ष पहिले विद्युतको काम अगाडि बढाईएको थियोे ।दूई बर्षको समयावधि भित्र चिङ्गाडमा विद्युतको काम सक्ने र बिजुली संचालनमा ल्याउने चिङ्गाड सामुदायिक ग्रामीण विद्युत सहकारीले चिङ्गाडी जनतामाझ प्रतिबद्धता व्यक्त गरेको थियोे । प्रतिबद्धता गरेअनुसार समयमै काम सम्पन्न नभएकोले यतिबेला स्थानीय जनस्तरमा यसको स्तरमा ब्यापक विरोध भइरहेको छ ।

चिङ्गाड सामुदायिक ग्रामीण विद्युत सहकारी र सुर्खेत क्षेत्र न. १ बाट निर्वाचित सांसद धुर्वकुमार शाही पुर्वधार क्षेत्र विकास कोष, चिङ्गाड गाउँपालिकाको सहकार्यमा सामुदायिक ग्रामीण विद्युतिकरण विभागसँगको सम्झौता अनुसार १७ करोडको टेन्डर भएर निर्माण कम्पनीले विद्युतको काम अगाडि बढाएको थियोे ।

कुल बजेट १७ करोडमा १० प्रतिशत समुदायको बजेट झण्डै एक करोड सत्तरी लाख, गाउँपालिकाले झन्डै एक करोड उपलब्ध गराएको र २० लाख सहकारीको पुरानो वचत तथा बाँकी पब्लिक सेयर र विभागको बजेट कुल ९० प्रतिशत रहेको छ ।

आजभन्दा साढे २ बर्ष पहिले समुदायको १० प्रतिशत सहकारीले बिभागको खातामा पठाएपछि बिभागले आफ्नो ९० प्रतिशत थपेर टेन्डर गरेको थियो । वड न १, २, ३, र ६ मा सहकारीसँगको साझेदारी टेन्डर १७ करोडको हो भने, वडा न ४ र ५ प्रदेशको लगानीमा निर्माण प्रक्रिया अगाडि बढेको थियोे ।

निर्माण कम्पनीले सम्झौता अनुसार किन काम गर्न सकेन काम गर्न नसक्नुको कारणबारे निर्माण कम्पनीका जिम्मेवार ब्यक्ति राजु श्रेष्ठले कोरानाका कारण काम रोकियो बताए । उनले भने, ‘समग्रमा हेर्दा काम नभएको जस्तो देखिन्छ तर हाम्रो कार्यक्षेत्र भनेको वडा न १, २, ३ र ६ गरि चारवटा वडा मात्रै हो । वडा न ४ र ५ हाम्रो कार्य क्षेत्र अन्तर्गत पर्दैन । वडा न ४ र ५ मा तत्कालीन अवस्थामा जति काम हुनु पर्थ्यो त्यति नहुदा समग्रमा नभएको जस्तो देखिन्छ ।’

चिङ्गाडमा हाल दुई किसमले काम भईरहेको उनले बताए । उनले भने, ‘एउटा प्रदेशको र अर्को हाम्रो । हाम्रो सामुदायिक तर्फबाट चारवटा वडामा मात्रै काम हो । यसमा जम्मा दशवटा लोड सेन्टर छन् । यतिबेला लाईन चार्जिङ्गमा छ । बत्ति बाल्नका लागि सव–स्टेसन भर्खरै चार्ज भएको छ । पहिला सव स्टेसन चार्ज नभएकाले पनि काम अलि ढिला भएको हो।अहिले वडा न १, २ र ३ को लाईन चार्जिङ्को लागि तयारी हुदैछ । वडा न ६ पाम्का साईडमा तत्काल लाईन चार्ज हुन सक्दैन् ।’

सव–स्टेसन देखि अवलचिङ्गसम्म ४ र ५ न वडा हाम्रो कार्यक्रम अन्तर्गत नभएकोले यहाको काम सुर्खेत प्रदेश कार्यलयले गर्नुपर्ने उनले बताए । उनले भने, ‘यो काम नै सुर्खेत प्रदेश कार्यलय अन्तर्गतको काम हो । यो काम आजभन्दा धेरै पहिला देखि शुरु भएको हो । अवलचिङ्ग गाउँपालिका देखि माथिसम्मको लाईन प्रदेश कार्यलयले नबनाएको खण्डमा तत्काल वडा ६ को लाईन चार्ज हुन सक्दैन ।’ प्रदेश कार्यलयले यो काम नगरेसम्म ६ न।को लाईन चार्ज गर्न सकिदैन । यसबारे प्रदेश कार्यलयलाई पनि हामिले ध्यानाकर्षण गराएका छौं । पहिले तारको अभाव रहेछ अहिले तार आईसकेको छ सम्बन्धित ब्यक्तिलाई बोलाएर काम अगाडि बढाउने तयारी गरिरहेको कार्यलय प्रमुखले बताए ।


चिङ्गाड ग्रामीण सामुदायिक विद्युत सहकारीका अध्यक्ष जित बहादुर रानाले चिङ्गाडमा छिट्टै विद्युत संचालनमा आउने गरि तिब्र गतिमा काम अगाडि बढेको जानकारी दिए । यो वर्ष भित्र बिजुली पालिकाभरी बाल्ने योजना रहेकोे उनले बताए । जनताको पैसा खेर जान नदिने र एक बर्ष भित्र चिङ्गाडमा बिजुलि बाल्ने उनको भनाइ थियोे ।

प्रदेशबाट पाउने रकम फ्रीज भएको विषयमा अध्यक्षले भने , ‘अघिल्लो पटक प्रदेशको सरकारी कार्यलय नै बाधक बन्यो । टेन्डर गरेर काम गर्ने भने गरेनन् । पछि समय अभावले काम भएन् ।
शुरुको बजेट सहकारीले काम गरेकोे लकडाउनले सामान खरिद भयो पोल गाड्ने काम सकिएन गापा असहयोगी भयो, गापाकै कारण लगभग दश लाख रुपैयाँ फ्रीज भयो ।’

बजेट पार्न धेरै मेहनत गरिएको बजेट फ्रिज हुँदा धेरै पिडा भएको अध्यक्ष रानाले बताए । खासमा सहयोही हातहरु नै असहयोगी बन्दा रकम फ्रीज भएको उनले बताए।

एकातिर प्रदेश सरकारले बिनियोजन गरेको रकम समेत कार्यन्वयन नभएको र अर्कोतिर निर्माण कम्पनी र विधुत विभागसँग समन्वय गर्न नसक्नुका कारण प्रदेश सरकारले दिने बजेट पनि फ्रीज भएको बताइएको छ ।

आर्थिक बर्ष २०७६–०७७ मा प्रदेशले ३० लाख बजेट छुट्याइएको थियोे । तीस लाखमध्ये २१ लाखको पोल किन्ने काम भएको थियोे, भने बाकी ९ लाख रुपैयाँ फ्रीज भएको थियोे । त्यसैगरी आव २०७७÷०७८ मा पनि तीस लाख रकम फ्रीज भएको छ ।

प्रदेश सरकारले चिङ्गाड ग्रामीण विधुतिकरणको लागि बिनियोजन गरेको जम्मा रकम रु. उन्चालीस लाख फ्रीज भएको छ । काम गराउने अख्तियारी प्राप्त कार्यालय र सम्बन्धित व्यक्ति नै गैरजिम्मेवार भएकोले उक्त बजेट फ्रीज भएको आरोप लागेको छ ।

सम्बन्धित समाचारहरु

संस्कृत शिक्षामा आकर्षण बढ्दै

संस्कृत शिक्षामा आकर्षण बढ्दै

गण्डकी । इतिहासमा पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् । इतिहास अनुसार १८–१९औँ शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्पराअनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो ।

अँध्यारोमा रात बिताउँदै तिंकर प्रहरी

अँध्यारोमा रात बिताउँदै तिंकर प्रहरी

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा तिंकरस्थित छायालेकका नेपाल प्रहरी अँध्यारोमा रात बिताउन बाध्य छन् । चीनको सीमानजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको व्यवस्थापन नहुँदा उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् । छायालेकमा उज्यालो नहुँदा प्रहरी राती ८ बजे नै सुत्छन् । उज्यालो बनाउन मोबाइल बाल्छन् उनीहरू । मोबाइल चार्ज गर्न आधा घण्टा तल तिंकर गाउँ पुग्छन् । तिंकरमा लघु जलविद्युत् छ । ‘प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,’ व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, ‘चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो ।’

प्रतिक्रिया दिनुहोस