# भर्खरै
Namaste Icon
Ad

तुलसी रोपेर हरिशयनी एकादशी मनाइँदै

तुलसी रोपेर हरिशयनी एकादशी मनाइँदै

काठमाडाैं । असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ । आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभ कार्य गरिँदैन । आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ ।

घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ। भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ।

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन् । काठमाडौंको बुढानिलकण्ठ र देशभरका शिवालय र देवालयमा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । हिन्दू अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिनाको एकादशीको दिन विशेष व्रत बस्ने गर्दछन् ।

सम्बन्धित समाचारहरु

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

मनिष रञ्जन बराल, काठमाडाैं । पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुने भएको छ । काभ्रे जिल्लाको पनौती-३ स्थित त्रिवेणीधाम, पशुपति मन्दिर पुछारीमा ३ दिने 'पाशुपत ब्रह्मश्री विल्वार्चन महाअनुष्ठान' हुने भएको हो । श्रावण २८ गते देखि ३० गते पर्यन्त हुने यस् महाअनुष्ठान 'अनन्तश्री बिभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य' का अनन्य शिष्य 'साधक योगी श्री विश्वप्रकाश रामानुजदास' को सत्सङ्कल्पगत नेतृत्वमा हुन लागेको हो ।

आज नागपञ्चमी पर्व

आज नागपञ्चमी पर्व

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस