नेपालीको शिर झुक्दा बोल्न नसक्ने नेताहरू देख्दा अचम्म लाग्छ

उत्तम अधिकारी । कुनै पनि देशको कुटनीतिको आधार भनेको त्यस देशको राष्ट्रियहित र त्यस अनुसारको परराष्ट्र नीति हो । सम्बन्धित देशले आफ्नो परराष्ट्र नीतिको आधारमा अर्को देशसँग कुटनीतिक सम्बन्ध कायम गर्ने गर्दछ । तर, हाम्रो देशमा अहिलेसम्म स्पष्ट रुपमा परिभाषित गरिएको परराष्ट्र नीति नै बनेको छैन । सत्ताबाहिर हुँदा राष्ट्रहितका चर्काचर्का कुरा गर्ने र अरुसँग तदनुसारको कुटनीतिक पहलको माग गर्ने र आफू सत्तामा पुगेपछि विदेशीहरुसँग लम्पसार पर्ने र राष्ट्रिय हितलाई बिर्सने नेपालको कुटनीतिक परम्परा नै बन्न गएको छ ।
बर्तमान सरकारको लम्पसारवादी चरीत्रले आम नेपालीलाई वाक्क लागि सकेको छ । परराष्ट्र नीति तथा अरु यो सरकार विदेशीहरु सामु लम्पसार परेको प्रस्ट छ । यो सरकार विदेशीले जे भन्यो त्यहीं गरिरहेको छ । सहयोगको नाममा नेपालमाथि अतिक्रमण भएको नदेख्ने अवस्थामा छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी सामु शिर नझुएकै कारण प्रधानमन्त्री पदबाट हटाएको थियो । कसैलाई ब्यक्तिगत रूपमा केपी ओली मन पर्ला नपर्ला त्यसले कुनै महत्त्व राख्दैन, तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, अखण्डता, स्वाधीनता र परराष्ट्र नीतिका सवालमा किर्तिनिधि विष्ट पछिका इतिहासले सम्झिने प्रधानमन्त्री केपी ओलि नै हुन् ।
तत्कालीन कांग्रेसको जन्म भारतबाटै भए पनि सिंगो नेपालीको हितको पक्षमै रहेको भएपनि अहिलेको कांग्रेस भारतको हित बाहेक अरू सोच्न नसक्ने देखिन्छ । माओवादीको जनयुद्धको तयारी, १२ बुँदे शान्ति सम्झौता देखि केपि ओलीको सरकार ढलाउन बनेको ड्राफ्ट पनि भारतमै गठबन्धनको पावर सेयरिङको सम्झौता र हिसाबकिताबको अन्तिम बाँडफाँड पनि भारतमै र आगामी निर्वाचनको सिट बाँडफाँड र सरकार संञ्चालनको ड्राफ्ट पनि भारतमै हुन्छ।
देशको अर्थतन्त्र तहसनहस हुँदा, भ्रष्टाचार, अनियमितता अचाक्लि रूपमा बढ्दा, विदेशी हस्तक्षेप खुलमखुल्ला हुँदा, आफ्ना नेतृत्व विदेशीको पाउमा परेर स्वाभिमान नेपालीको शिर झुक्दा बोल्न नसक्ने माओवादी, कांग्रस र समाजवादीका नेताहरू देख्दा अचम्म लाग्छ । जनताहरूले यसपालि अन्तिम धक्का दिएर लेण्डुपदोर्जे पथमा हिँडेको गठबन्धनलाई रोक्दै नेपाली स्वाभिमान जनताको पावर देखाउन जरुरी छ । नेपाललाई श्रीलंकाको बाटो हुँदै सिक्किम हुनबाट रोक्नका लागि आम नेपाली सचेत हुनै पर्छ ।
(अधिकारी नेकपा एमालेकाे बागमती प्रदेश कमिटी सदस्य हुन्।)
नेपाललाई सबैभन्दा कम लगानीमा सबैभन्दा बढी आर्थिक आम्दानी गर्न सक्ने सामार्थवन बनाउने क्षेत्र नै कृषि, वन र पर्य पर्यटन हाे । यसका लागि सिरिफ साेचपरिकल्पना, लगनशीलता अनि हुटहुटी मात्रै आवश्यक छ । यसमा भाैतिक पुर्बधार, जलविद्युत जस्ताे ठुलाे लगानी हुदैन । तर धेरै मात्रामा दिमाग भने लगाईरहन पर्दछ ।
डा. डिला संग्रौला पन्त । स्वास्थ्य बीमा कार्यक्रम वापत सरकारले दिनु पर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचनाहरु प्रकाशित गरिरहेका छन्। यो अत्यन्तै गम्भीर अवस्था हो र यो समस्याको तत्काल समाधान गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।