# भर्खरै
Namaste Icon
Ad

साउन भित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

साउन भित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ ।

बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।’ यो बुँदा कार्यान्वयन गर्न अब सिंहदरबारका सबै क्यान्टिनबाट ग्याँस सिलिन्डर विस्थापित हुनु पर्ने भएको छ । बजेटले आगामी तीन महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad