# भर्खरै
Namaste Icon
Ad

असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

असोजमा सुरु हुने  नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरेका छन् । नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ । सुरक्षा प्रबन्ध र अनुसन्धान उप समितिको संयोजक र सचिवको जिम्मेवारी भने पछि तोकिने बताइएको छ ।

समारोह उपसमितिको संयोजक राखेप सदस्य एकेन्द्र कुँवर र सचिवमा राखेपका प्रशासकिय अधिकृत शारङ्गिन निरौला, प्राविधिक उपसमितिमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल संयोजक र नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सचवि, खेलस्थल व्यवस्थापन उसमितिको संयोजकमा राखेप सदस्य राजेश गुरुङ संयोजक र प्रशिक्षण प्रमुख कृष्ण प्रसाद तिमिल्सिना सचिव रहेका छन् ।

त्यस्तै बसोबास व्यवस्थापन उपसमितिको संयोजक राजकुमार थापा र सचिवमा प्रशासकिय अधिकृत सचिव, अनुशासन उपसमिति राखेप सदस्य सचिव पेमा लामा संयोजक , कानुन शाखा प्रमुख नारायणराज अर्याल सचिव, स्वास्थ उपसमितिको संयोजकमा चिकित्सक बुलन्द थापा संयोजक र चिकित्सक ज्ञानेन्द्रविक्रम शाह सचिव रहेका छन् ।

यातायात व्यवस्था उपसमितिको संयोजक राखेप सदस्य प्रकाश कुसारी र सचिव पौडी शाखा प्रमुख देवराज कटुवाल, प्रचार प्रसार उपसमितिमा दीपेन्द्र विष्ट संयोजक र मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खसराज दाहाल सचिव, खेलकुद सामाग्री तथा पोशाक व्यवस्थान उपसमिति राखेप सदस्य राखेप अन्जन धमला संयोजक र आपूर्ति तथा भण्डार शाखका प्रमुख सुजन खतिवडा सचिव रहेका छन् ।

त्यस्तै श्रोत परिचान उपसमितिको संयोजकमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी संयोजक र संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोख्रेल सचिव, स्वयंसेवक उपसमिति राखेप सदस्य जनक बर्तौला संयोजक र प्रशासकिय अधिकृत लिलाराम बस्ने सचिव तथा एन्टिडोपिङ उपसमितिको संयोजकमा नमिसमान प्रधान संयोजक र प्रशासकीय अधिकृत दोबे तामाङ सचिव रहेका छन् ।

सम्बन्धित समाचारहरु

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडाैं । नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस