# भर्खरै
Namaste Icon
Ad

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा थापा नियुक्त

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपाललमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसकेका थिए । त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ ।

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसँगै भारत, भुटान, बङ्गालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । नेपालले यस अघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।

सम्बन्धित समाचारहरु

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडाैं । नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस