# भर्खरै
Namaste Icon
Ad

साफ यु-२० मा नेपालसँग माल्दिभ्स ४–० ले पराजित

साफ यु-२० मा नेपालसँग माल्दिभ्स ४–० ले पराजित

काठमाडौं । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरी नेपालले साफ यु-२० च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।

त्यसअघि १० औं मिनेटमा सुमित श्रेष्ठ र १६ औं मिनेटमा कृतिशले गोलको राम्रो अवसर खेर फालेका थिए । कप्तान आयुष घलानले दायाँ कर्नर नजिकैबाट प्रहार गरेको फ्रि किकलाई माल्दिभ्सका गोलरक्षक साहिहान अलीले पञ्च गरेको बललाई दिपेशले बक्स बाहिरबाट सानदार गोल गरे ।

दोस्रो हाफमा नेपालले ३ गोल थप्यो । दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरेका हुन् । माल्दिभ्सका हुुसेन सादिनले कप्तान आयुषलाई बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको हो । इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए । नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्ने छ ।

सम्बन्धित समाचारहरु

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडाैं । नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस