# भर्खरै
Namaste Icon
Ad

अँध्यारोमा रात बिताउँदै तिंकर प्रहरी

अँध्यारोमा रात बिताउँदै तिंकर प्रहरी

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा तिंकरस्थित छायालेकका नेपाल प्रहरी अँध्यारोमा रात बिताउन बाध्य छन् । चीनको सीमानजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको व्यवस्थापन नहुँदा उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् । छायालेकमा उज्यालो नहुँदा प्रहरी राती ८ बजे नै सुत्छन् । उज्यालो बनाउन मोबाइल बाल्छन् उनीहरू । मोबाइल चार्ज गर्न आधा घण्टा तल तिंकर गाउँ पुग्छन् । तिंकरमा लघु जलविद्युत् छ । ‘प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,’ व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, ‘चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो ।’

नेपाल–चीन सीमा स्तम्भसम्म जाने जोसुकै पनि त्यही छायालेक प्रहरीकोमा गएर बास बस्छन् तर अँध्यारोमा बसेका प्रहरीको समस्याबारे सबै बेखबरजस्तै भएकाले आफूले त्यहाँको प्रहरीका लागि सोलारको व्यवस्था गर्न पहल गर्ने उनले बताए । ‘हामीले सिधैँ प्रहरीलाई दिन नमिल्ने रहेछ,’ उपाध्यक्ष कुँवरले भने, ‘प्रक्रिया मिलाएर वडामार्फत दिने सोच बनाएका छौँ ।’ जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले छायालेकका प्रहरीको लागि आफूले सक्ने सहयोग गरेको बताए । उनले भने, ‘हामीसँग भएको स्रोत र साधनले भएजति ग¥यौँ तर सोलार किन्न पैसा हामीसँग हुँदैन ।’ विद्युत् र सौर्य ऊर्जा नभएकै कारण छायालेकका प्रहरी तीन÷चार दिनमा मात्रै जिल्लासँग सम्पर्कमा आउने गर्छन् ।

विद्युत् समस्याकै कारण उनीहरूले नै जिल्ला कार्यालयमा सम्पर्क गर्न खोजे मात्रै सम्पर्क हुन्छ । चौकीमा रहेको सञ्चार सेट तिंकर आएर चार्ज गर्नुपर्छ । फोनले काम गर्दैन । अहिले तिंकर गाउँमा नेपाल टेलिकमको एनटी सेट लाइन जडान गरे पनि प्रहरीले आफन्त तथा घर परिवारसँग कुरा गर्न पनि तिंकर गाउँ आउनुपर्ने बाध्यता छ । त्यहाँका प्रहरीले खाना पकाउन दाउरा नपाउँदा माटोभित्र पाइने जरा खनेर खाना पकाउन बाध्य भएका छन् । प्रहरी चौकीभन्दा जंगल निकै टाढा छ ।

सम्बन्धित समाचारहरु

संस्कृत शिक्षामा आकर्षण बढ्दै

संस्कृत शिक्षामा आकर्षण बढ्दै

गण्डकी । इतिहासमा पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् । इतिहास अनुसार १८–१९औँ शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्पराअनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो ।

चिङ्गाडमा कहिले बल्छ बिजुली ?

चिङ्गाडमा कहिले बल्छ बिजुली ?

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा आजभन्दा ठिक तीन बर्ष पहिले विद्युतको काम अगाडि बढाईएको थियोे ।दूई बर्षको समयावधि भित्र चिङ्गाडमा विद्युतको काम सक्ने र बिजुली संचालनमा ल्याउने चिङ्गाड सामुदायिक ग्रामीण विद्युत सहकारीले चिङ्गाडी जनतामाझ प्रतिबद्धता व्यक्त गरेको थियोे । प्रतिबद्धता गरेअनुसार समयमै काम सम्पन्न नभएकोले यतिबेला स्थानीय जनस्तरमा यसको स्तरमा ब्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस