# भर्खरै
Namaste Icon
Ad

कृषि, वन र पर्या पर्यटन

कृषि, वन र पर्या पर्यटन
जीवनप्रसाद राई

नेपाललाई सबैभन्दा कम लगानीमा सबैभन्दा बढी आर्थिक आम्दानी गर्न सक्ने सामार्थवन बनाउने क्षेत्र नै कृषि, वन र पर्य पर्यटन हाे । यसका लागि सिरिफ साेच
परिकल्पना, लगनशीलता अनि हुटहुटी मात्रै आवश्यक छ । यसमा भाैतिक पुर्बधार, जलविद्युत जस्ताे ठुलाे लगानी हुदैन । तर धेरै मात्रामा दिमाग भने लगाईरहन पर्दछ ।

क) हाम्रा लागि अवसरै, अवसर :-

१) नेपालकाे जनसंख्या ३ कराेड पुगेको छ र अान्तरिक भ्रमणमा स्वतस्फुर्त रुपमा निस्कनेकाे लस्कर धेरै छ । यसलाई हामीले ग्रामीण भेगहरु सम्म लाने र ब्यवस्थापन गर्ने जमर्को मात्रै गराै चलयमान हुने अवसर यही हाे ।

२) हामी जतिकाे भाग्यमानी र अवसरकाे बीचमा रहेको सायदै हाेलान् । विश्वकाे ठुलो जनसंख्या र अर्थतन्त्र भएको मुलुक चीन उत्तरमा र उदियमान मुलुक दक्षिणमा भारत रहेको छ । यी दुवैबाट हामीले राम्रो ब्यवस्थापन, मार्केटिङ र सेवा सुबिधा मार्फत आकर्षण गर्न सक्नेछाै ।

३) चीनकाे जनसंख्या १ अरब, ४५ कराेड भारतकाे जनसंख्या १ अरब ४१ कराेड, पाकिस्तानकाे २३ कराेड, बंगलादेशको १७ कराेड र बाँकी दक्षिण एसियाली छिमेकीको ७ कराेड गरि कुल ३ अरब ३३ कराेड हुन अाँउछ । जुन विश्वकाे कुल जनसंख्या मध्ये ४१.४० प्रतिशत हाे । याे नै हाम्रो महान अवसर हाे ।

४) ३ अरब ३३ करोड मध्ये ५ प्रतिशत मध्यम खालका धनी, १ प्रति एकदमै धनी, १० प्रतिशत संसारभर राम्रोसँग खर्च गरेर हिड्न डुल्न सक्ने छन । १६ प्रतिशत अर्थात ५२ कराेड मानिसहरुका लागि हामीले परिकल्पना, परियोजना र परिश्रम गर्ने जमर्को गराै ।

५) हामी संग अनेकौं प्रकारका फुलहरु छन, पुतलीहरु छन, वनस्पतिहरु छन, फलफुलहरु छन, माछाहरु छन, वनहरु छन, जनवारहरु छन । जमिनको बनावट, पानीको स्राेत, भुगाेल र हावापानीकाे बिबिधता छ । एउटै मानिसलाई महिनाै र बर्सौ नेपालकै विभिन्न ठाउँमा राख्ने घुमाउने र खर्च गराउने प्रसस्त्रै ठाउँ हरु छन । यसलाई ब्यवस्थित गराै ।

६) नेपालीहरुकाे अवस्थालाई परिवर्तन गराउने एउटा प्रमुख माध्यम ग्रामीण क्षेत्रकाे कुना कुनामा अवसरहरु सिर्जना गरिदिएर स्वदेशी र बिदेशी पर्यटकहरु पुराउने, बसाउने, खुवाउने, मनाेरन्जन दिलाउने, शिक्षा दिलाउने र भ्रमणलाई उद्वेश्यमुलक बनाउने काममा हामीले जाेडले ब्यवस्थापन गरिनुपर्छ ।

७) १ जना पर्यटकबाट ९ जनालाई राेजगारी सिर्जना हुन्छ । यसैगरी हामीले ५२ करोड पर्यटकहरुका लागि साेच बनाउनुपर्छ । अनुमान गराै कति राेजगारी सिर्जना हुन्छ ?

८) यसका लागि ठुला ठुला लगानी गरिरहन पर्दैन । हामी संग भएका घरहरुलाई सफा र सुग्घर बनाै, हामी मानिसहरु सफा रहाै, हाम्रो साेच र बिचारलाई सफा बनाै, हाम्रो नदी र खाेलाहरु सफा राखाै, हाम्रो पर्यवरण सफा राखाै ।

९) यश कामका लागि हामीले राम्रा राम्रा ब्रिलियन्ट माईन्डका ब्यवस्थापकहरु तयारी गराै, कि धनी मानिसहरु के चाहन्छन ?, मध्यम धनीहरु के चाहन्छन् ? खर्च गर्न सक्ने मानिसहरु केमा खर्च गर्न चाहन्छन् ? यसबारे गम्भीर रुपमा अध्ययन गराै, अनुसन्धान गराै र साेही अनुसार काम गराै ।

१०) यसका लागि तारे हाेटल, स्तरीय हाेटल, रिसोर्ट, हाेम स्टे र ग्रामीण क्षेत्रमा बास बस्ने ठाउँ र क्षेत्रहरुकाे निर्माण अावश्यक पर्छ । तर सबैभन्दा कम लगानीमा हुने घरबास Home Stay लाई प्रभावकारी रुपमा संचालन गर्ने प्रतिबद्धता हुनुपर्छ ।

११) यश कामका लागि सबैभन्दा पहिला स्थानीय तहहरुले कुराे बुझ्नुपर्ने हुन्छ । स्थानीय तह नै हाेमिनु पर्ने हुन्छ, तातिनु पर्ने हुन्छ । सामाजिक परिचालनको काम स्थानीय तहबाटै शुरु हुनु पर्दछ ।

(कृषि अभियन्ता तथा लेखक जीवनप्रसाद राईको फेसबुकबाट)

सम्बन्धित समाचारहरु

सरकारले अलमल गर्दा स्वास्थ्य बीमाको भविष्य माथि नै प्रश्न उठ्न थाल्याे

डा. डिला संग्रौला पन्त । स्वास्थ्य बीमा कार्यक्रम वापत सरकारले दिनु पर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचनाहरु प्रकाशित गरिरहेका छन्। यो अत्यन्तै गम्भीर अवस्था हो र यो समस्याको तत्काल समाधान गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

नेपालीको शिर झुक्दा बोल्न नसक्ने नेताहरू देख्दा अचम्म लाग्छ

उत्तम अधिकारी । कुनै पनि देशको कुटनीतिको आधार भनेको त्यस देशको राष्ट्रियहित र त्यस अनुसारको परराष्ट्र नीति हो । सम्बन्धित देशले आफ्नो परराष्ट्र नीतिको आधारमा अर्को देशसँग कुटनीतिक सम्बन्ध कायम गर्ने गर्दछ । तर, हाम्रो देशमा अहिलेसम्म स्पष्ट रुपमा परिभाषित गरिएको परराष्ट्र नीति नै बनेको छैन । सत्ताबाहिर हुँदा राष्ट्रहितका चर्काचर्का कुरा गर्ने र अरुसँग तदनुसारको कुटनीतिक पहलको माग गर्ने र आफू सत्तामा पुगेपछि विदेशीहरुसँग लम्पसार पर्ने र राष्ट्रिय हितलाई बिर्सने नेपालको कुटनीतिक परम्परा नै बन्न गएको छ । 

प्रतिक्रिया दिनुहोस