# भर्खरै
Namaste Icon
Ad

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । आफ्नो प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न धर्मगुरु सदर तयार नभएपछि त्यहाँ नयाँ सरकार बन्न सकेको छैन । प्रदर्शनकारी संसद भवनमा प्रवेश गर्ने बेला सांसदहरु भने थिएनन् । त्यहाँ प्रदर्शनकारीहरुले क्षति पुर्‍याए-नपुर्‍याएको भने खुलेको छैन । प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरुलाई संसद भवन छाड्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु

अश्लील भिडियो पोस्ट गरेकाे भन्दै दुई चर्चित मोडललाई १५ वर्ष जेल

एजेन्सी । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । पश्चिम बंगालका पूर्वराज्यपाल जगदीपलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कूल खसेको मतमा ५ सय २८ प्राप्त गरे। उनका विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस