# भर्खरै
Namaste Icon
Ad

चार जनामा कोरोना देखिएपछि चीनको वुहानमा फेरि लकडाउन

चार जनामा कोरोना देखिएपछि चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो ।

अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ । चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।

सम्बन्धित समाचारहरु

अश्लील भिडियो पोस्ट गरेकाे भन्दै दुई चर्चित मोडललाई १५ वर्ष जेल

एजेन्सी । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

भारतको उपराष्ट्रपति बने जगदीप धनखड

काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । पश्चिम बंगालका पूर्वराज्यपाल जगदीपलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कूल खसेको मतमा ५ सय २८ प्राप्त गरे। उनका विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस