# भर्खरै
Namaste Icon
Ad

पूर्वी युक्रेन छाड्न जेलेन्स्कीको आदेश

पूर्वी युक्रेन छाड्न जेलेन्स्कीको आदेश

मस्को । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्सकीले लडाइँलाई तीब्र पार्ने चेतावनी पनि दिएका छन् । ‘अहिले जति धेरै मानिसले दोनेत्स्क क्षेत्र छाड्छन्, रूसी सेनाले त्यति नै कम मानिसलाई मार्ने समय पाउने छ’, उनले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’

उक्त क्षेत्रको ठुलो भाग नियन्त्रण गर्ने रूसी सेनाको ढिलो प्रगतिबीच थुप्रै झडप भएका छन् । सबै उपलब्ध अवसर प्रयोग गरेर सम्भव भएसम्म बढी जीवन रक्षा गर्ने राष्ट्रपति जेलेन्स्कीले बताए । अहिले हजारौँ सर्वसाधारण दोनेत्स्क क्षेत्रमा फसेका छन् । यसैबीच, क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएको बताइएको छ । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् । ‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला गरे’, उनले भनेका छन् । उक्त हमलामा पाँच जना घाइते भएको बताइएको छ ।

युक्रेनी फौजले रुसी सेनाले २४ फेब्रुअरीपछि कब्जा गरेको क्षेत्रलाई पुनः फिर्ता लिने प्रयास गरिरहेको छ । बुधबार युक्रेनी आक्रमणमा रुसी सेनाले कब्जा गरेको खेरसन सहरको एउटा प्रमुख पुल आंशिक रूपमा ध्वस्त भएको थियो । यसैबीच, रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौं युक्रेनी कैदीको मृत्यु भएको विषयमा छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ । एक विज्ञप्तिमा मन्त्रालयले यसै साताको सुरुमा जेलमा भएको आक्रमणलाई ‘वस्तुनिष्ठ अनुसन्धान सञ्चालन गर्ने हितमा’ काम गरिरहेको बताएको छ । रुस समर्थित पृथकतावादीहरूले मृतकको कुल संख्या ५३ रहेको जनाएका छन् । किभले जेलमा रकेट प्रहार गरेको उनीहरुले आरोप लगाउँदै आएका छन् । तर, युक्रेनको सशस्त्र बलले भने आक्रमण गरिएको आरोपलाई अस्वीकार गरेको छ । रुसी गोलाबारीले जेललाई निशाना बनाएको आरोप युक्रेनले लगाएको छ ।

सम्बन्धित समाचारहरु

लन्डन । बेलायतको प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ ।

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त

काठमाडौं । हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री बनाएका हुन् । छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन् । छिन चीनका वरिष्ठ कुटनीतिज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad