माग्ने बुढाले माफी माग्दै हटाए भिडियो, के थियाे भिडयाेमा ?

काठमाडाैं । हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्। आइतबार साँझ सार्वजनिक १०औँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले सोमबार माफी मागेका हुन् । क्लिपमा शिवको चरित्रलाई उच्छृङ्खल देखाइएको भक्तजनको आरोप थियो । चौतर्फी विरोध र आलोचना भएपछि सामाजिक सञ्जाल र युट्युवबाट समेत क्लिप हटाइएको छ।
माग्ने बुढाले माफी माग्दै फेसबुकमा लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटीप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं । साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तक हरुको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।' १० औँ भागको ट्रेलरमा भगवान् शिवजीलाई युवतीसँग मस्किएको, टिकटक बनाउन केही रोमान्टिक बनेको दृश्य समावेश थियो ।
काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । पोस्टरमा तीनै कलाकारको मित्रता झल्काउने छ ।
काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।