# भर्खरै
Namaste Icon
Ad

‘परदेशी– २’ को गीत ‘के वर मागी फक्र्यौ’ सार्वजनिक (भिडियाे)

‘परदेशी– २’ को गीत ‘के वर मागी फक्र्यौ’  सार्वजनिक (भिडियाे)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परदेशी– २’ को गीत सार्वजनिक गरिएको छ । रमेश पौडेलको शब्द रहेको ‘के वर मागी फक्र्यौ’ बोलको गीतमा नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर छ । रोमान्टिक गीतको भिडियोमा चलचित्रका मसख्य कलाकार प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् । ‘के वर मागी फक्र्यौ’ रिमेक गीत हो ।

दसैंको अवसर पारेर असोज १४ गते रिलिज हुने ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका छन् । प्रकाश र केकीसँगै चलचित्रमा दिलीप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतले अभिनय गरेका छन् । चलचित्रको कथा रमेश बीजीले लेखेका छन् ।

 

सम्बन्धित समाचारहरु

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको  ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । पोस्टरमा तीनै कलाकारको मित्रता झल्काउने छ ।

दिशा पटानीसँग छुट्टिएका टाइगर श्राफकाे नाम आकांक्षा शर्मासँग जाेडियाे

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस