# भर्खरै
Namaste Icon
Ad

भुमिकास्थानका जनमोर्चा नेता खनाललाई मातृसोक

भुमिकास्थानका जनमोर्चा नेता खनाललाई मातृसोक

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ भगवती टोलसुधार समितीका सदस्यद्वय ज्ञानप्रसाद खनाल र मतिराम खनाललाई मातृसोक परेको छ । खनालकी आमा धनकुमारी खनालको यहि श्रावण १५ गते ७८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय खनालको स्थानीय घाट साम्नेखोलाको सिटेनिमा राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य मेघराज खनालले पार्टीको झण्डा ओडाइ श्रद्धाञ्जली अर्पण गरि अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य युवा नेता तथा भुमिकास्थान नगरपालिका १ का निवर्तमान वार्ड अध्यक्ष भोजराज खनाल अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवंम जिल्ला उपाध्यक्ष कृष्णप्रसाद खनाल, अखिल नेपाल शिक्षक संघका हिमलाल खनाल, जातीय समातासमाजका राम बहादुर नेपाली, अखिल नेपाल महिला संघकी सान्ता खनाल, भुमिकास्थान नगरपालिका १ का वडासदस्य गोपालबहादुर नेपाली चमकला नेपाली र स्थानीयको उपस्थिति रहेको थियो । स्वर्गीय धनकुमारी खनालका श्रीमान तिन छोरातीन बुहारी र चार छोरी ज्वाइँ र नातिनातिना मध्ये कान्छो छोरा रोमाखर खनालको केही वर्ष पहिले निधन भएको थियो ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस