'त्यो भन्दा खुसीको कुरा के छ र मेरो लागि ?’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू विचलित नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले जसको हीतको लागि दिन रात, झरिपानी, खोलानाला, भीर पहरा नभनी लागिपरेछु उसैले हर्क साम्पाङ मूर्दावाद भन्छ त्यो भन्दा खुसीको कुरा के छ र मेरो लागि ? भन्दै प्रश्न गरेका छन् ।
यस्तो उनको पोष्ट
बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।
हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।